विद्यार्थीलाई ट्राफिक सचेतना कक्षा « Khabarhub

विद्यार्थीलाई ट्राफिक सचेतना कक्षा


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ट्राफिक प्रहरीले सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्राफिक सचेतना कक्षा सञ्चालन गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबारदेखि काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा महानगरपालिकाअन्तर्गतका ८९ सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्राफिक सचेतना कक्षा सञ्चालन गरेको हो।

कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बालबालिकामा ट्राफिक सचेतना अभिवृद्धि गराउने उद्देश्यले कक्षा सञ्चालन गरिएको जानकारी दिए। “सचेतना कक्षामा बाटोमा हिँड्दा र बाटो काट्दा ध्यान पुर्‍याउनुपर्ने कुरा एवं सडक सुरक्षासम्बन्धी आधारभूत कुरा जानकारी गराएका छौँ”, उनले भने।

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई बिहानको लाइन लगाउने समयमा ट्राफिक नियमसम्बन्धी सचेतना कक्षा दिने उनको भनाइ छ। यस्तै विद्यालयको समन्वयमा थप सचेतना कक्षासमेत सञ्चालन गर्ने कार्यालयले जनाएको छ।

ट्राफिक कार्यालयले नक्सालस्थित नन्दीरात्रि माध्यमिक विद्यालय, केन्द्रीय बहिरा माध्यमिक विद्यालय, कमल आधारभूत विद्यालय, महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय र बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा सचेतना कक्षा सञ्चालन गरेको थियो।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  १० : ५९ बजे

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै