बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ « Khabarhub

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । सिन्धुलीको सुनकोशी गाउँपालिका ६ घर भई हाल काठमाडौं बस्दै आएका ५३ वर्षीय नारायण सिंह बराललाई प्रहरीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटनको गत भदौ ७ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३० लाख रूपैयाँ जरिवाना र १० दिन कैद सजाय ठहर भई फरार रहेका बराललाई केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले बराललाई बिहीबार डिल्लीबजारबाट पक्राउ गरेको जनाएको छ ।

बरालले २०७७ चैत ५ गते हिमालयन बैंक लिमिटेड डिल्लीबजार शाखामा रहेको आफ्नो खातामा रकम नभएको थाह हुँदा पनि जाहेरवालालाई झुक्याई दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि भक्तपुर जिल्ला अदालतमा पेस गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय सुन्धारा काठमाडौंमा पठाइएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ५ : ०६ बजे

कर्णाली राजमार्गका १६ वटा रुग्ण ठेक्का तोडिए

जुम्ला– जुम्लास्थित सडक डिभिजन कार्यालयले कर्णाली राजमार्गका सडक निर्माणका लागि

दरवाङमा सडक कालोपत्र गर्न थालियो

दरवाङ– म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङ बजारको सडक कालोपत्र गर्न थालिएको

झापामा घट्दै चैते धानको क्षेत्रफल र उत्पादन

बनियानी– जिल्लामा पछिल्लो तीन वर्षयता चैते धानको क्षेत्रफल र उत्पादन

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौं- नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

मानव अधिकार आयोगसँग ओलीले मागे जेन-जी आन्दोलनको प्रतिवेदन

काठमाडौं- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जी आन्दोलनको छानविन प्रतिवेदन र