विकासप्रेमी नेता आलेलाई तनहुँले गुमायो : वरिष्ठ नेता पौडेल « Khabarhub

विकासप्रेमी नेता आलेलाई तनहुँले गुमायो : वरिष्ठ नेता पौडेल


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


873
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासप्रेमी नेता झुलबहादुर आलेलाई तनहुँले गुमाएको बताएका छन् । संविधानसभा सदस्य स्व. आलेको परिवारलाई आज भेटी समवेदना व्यक्त गर्दै उनले आलेको निधनबाट जिल्लाको एक विकासप्रेमी नेता गुमाएको बताए ।

तनहुँको ऋषिङ गाउँपालिका–८ स्थित आले निवासमा आज आयोजित श्रद्धाञ्जलीसभामा पौडेलले जिल्लाको दक्षिणी भेगको खम्बा ढलेको भन्दै दुःख व्यक्त गरे । निष्ठाको राजनीति गर्ने आलेले देखाएको बाटो अवलम्बन गर्नुपर्नेमा जोड दिँदै पौडेलले भने, “उहाँ एक विकासप्रेमी नेता हुनुहुन्थ्यो, उहाँको अभाव नेपाली कांग्रेस र यस भेगका जनतालाई सधैँ भइरहन्छ”, उनले भने ।

पौडेलले स्व आलेको अभावमा उनका अधुरा कामलाई अहिलेको पुस्ताले निरन्तरता दिनुपर्ने बताए । फोक्सोको समस्याबाट पीडित आलेको गत मङ्सिर ९ गते निधन भएको थियो । नेपाली कांग्रेस तनहुँका महासमिति सदस्य रहेका आले दोस्रो संविधानसभामा सदस्य रहेका थिए ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ७ : ११ बजे

पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, एक वृद्धा घाइते

उदयपुर– त्रियुगा नगरपालिका-११ फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा

कङ्गोमा इबोला घट्दै, सीमापार फैलिने जोखिम

किन्शासा– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घटे पनि

खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित

राँझा– चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित

कांग्रेस महाधिवेशन: मतदानको समय ५ बजेसम्म थपियो

काठमाडाैँ – नेपाली कांग्रेसको काठमाडौंमा भइरहेको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय

बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन समस्या

बाँके– बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन किसानलाई समस्या हुन थालेको