सर्बियालाई पराजित गर्दै स्वीट्जरल्यान्ड विश्वकपको नकआउट चरणमा « Khabarhub

सर्बियालाई पराजित गर्दै स्वीट्जरल्यान्ड विश्वकपको नकआउट चरणमा


१७ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वीट्जरल्यान्ड विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।

शक्रबार राति स्टेडियम ९७४ मा भएको खेलमा सर्बियालाई ३–२ गोल अन्तरले हराउँदै स्वीट्जरल्यान्ड नकआउट चरणमा प्रवेश गरेको हो।

स्वीट्जरल्यान्डका लागि शेरदान शाकिरीले २० औं मिनेटमा गोल गरेर सुरुवाती अग्रता दिलाएका थिए।

सर्बियाका लागि खेलको २६ औं मिनेटमा एलेक्सजेन्डर मिट्रोभिचले गोल गर्दै खेललाई बराबरीमा फर्काए।

३५ औं मिनेटमा डुसन भ्लाहोभिचले गोल गर्दै सर्बियालाई २–१ को अग्रता दिलाए। त्यसको नौ मिनेटमै खेलको ४४ औं मिनेटमा ब्रेल इम्बोलोले गोल गर्दै स्वीट्जरल्यान्डलाई २–२ को बराबरीमा फर्काए।

त्यसपछि खेलको ४८ औं मिनेटमा रिमो फ्रयुलेरले गोल गर्दै स्वीट्जरल्यान्डलाई ३–२ गोल अन्तरको जित दिलाएका हुन्।

जितसँगै स्वीट्जरल्यान्ड समूह ‘जी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो।

स्वीट्जरल्यान्डले ३ खेलमा ६ अंक जोडेको छ भने ३ खेलमा १ अंक जोडेर सर्बिया विश्वकपबाट बाहिरिएको छ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ६ : ३२ बजे

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन

रविमाथिको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध राष्ट्रिय युवा संघको प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर संगठित अपराध

सुनसरी १ मा मेयर हर्कसँग नेकपाबाट वडाध्यक्ष मनोज भट्टराईले प्रतिस्पर्धा गर्ने

धरान- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले