मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई मृत फेला | Khabarhub Khabarhub

मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई मृत फेला


१७ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई मृत फेला परेका छन् । सर्लाहीको लालबन्दी नगरपालिका–१३ पत्थरकोटस्थित होलिडे रिसोर्टमा उनी आज मृत फेला परेका हुन् ।

भट्टराई शुक्रबार बेलुका उक्त रिसोर्टमा बसेका थिए । नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाको ११औँ वार्षिक साधारणसभामा सहभागी हुन ६५ वर्षीय भट्टराई सर्लाही आएको शाखाका सचिव सुनिल ठाकुले जानकारी दिए । साधारणसभा आज उक्त रिसोर्टमा गर्ने कार्यक्रम तय भएको थियो ।

सप्तरी घर भएका भट्टराई मधेश प्रदेश मिडिया काउन्सिलको अध्यक्ष भएपछि जनकपुर बस्दै आएका थिए । शुक्रबार राति खाना खाएर सुतेका भट्टराई बिहान अबेरसम्म नउठेपछि बोलाउन जाँदा ढोका नखोलेपछि झ्यालबाट हेर्दा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाका अध्यक्ष टङ्कबहादुर क्षेत्रीले बताए ।

रिसोर्टमा मृतक भट्टराईसहित अन्य सञ्चारकर्मीसमेत शुक्रबारदेखि सँगै बसेका र सुत्ने क्रममा भट्टराई छुट्टै कोठामा सुतेको उक्त रिसोर्टका सञ्चालक विमल नगरकोटीले बताए । भट्टराईको रिसोर्टकै कोठामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठले जानकारी दिए । भट्टराई बसेको कोठामा उक्तचाप र मधुमेह रोगको औषधीसमेत फेला परेको उनले बताए ।

भट्टराईको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिने इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक शान्तराम कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  २ : ०८ बजे

लेकाली च्याउ, टुसा र ढकायो उपभोक्ताको रोजाइमा

म्याग्दी– लेकाली क्षेत्रमा पाइने निगालोको टुसा, च्याउ र ढकायो सहरी

दुम्कीवास–दाउन्ने सडक : चार दिनदेखि ठप्प, यात्रुलाई सास्ती

नवलपरासी– पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कीवास–दाउन्ने सडक खण्डबाट

वीरगञ्ज नाकाबाट ११ महिनामा दुई हजार बढी विद्युतीय सवारी आयात

वीरगञ्ज– पर्साको वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को ११

सुनकोशी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

खोटाङ– सुनकोशीमा बाढी आउन सक्ने जोखिमलाई ख्याल गर्दै जिल्ला प्रशासन

दक्षिण अफ्रिकाको क्रिकेटमा पीडा भुल्ने अवसर

सन् १९९० को दशकको सुरुवात, रङ्गभेद नीतिको कारण अन्तर्राष्ट्रिय क्षेत्रले