तेह्रथुमका आठ पत्रकार सम्मानित « Khabarhub

तेह्रथुमका आठ पत्रकार सम्मानित


१७ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल पत्रकार महासंघ तेह्रथुमले १२औँ साधारणसभाको अवसरमा जिल्लाका आठ जना पत्रकारलाई सम्मान गरेको छ । महासंघले कान्तिपुर मिडिया ग्रुपका संवाददाता चन्द्र कार्कीलाई तेह्रथुम क्रियाशील पत्रकारिता पुरस्कार ०७९ बाट पुरस्कृत गरेको छ । यस्तै, महासंघ जिल्ला शाखाका पूर्व अध्यक्ष तथा रेडियो तेह्रथुमका सहायक स्टेसन म्यानेजर नरेश ढुंगाना पनि सम्मानित भएका छन् ।

महासंघले जिल्ला शाखाका अर्का पूर्वअध्यक्ष उद्धव तिम्सिना र रेडियो मेन्छ्यायेममा कार्यरत कृष्ण तामाङलाई तेह्रथुम पत्रकारिता विकास पुरस्कारबाट सम्मान गरेको छ । त्यस्तै, तेह्रथुम महिला पत्रकारिता पुरस्कारबाट रेडियो मेन्छ्यायेममा कार्यरत जानुका नेपाल र रेडियो तेह्रथुममा कार्यरत अस्मिता सुवेदी पुरस्कृत भएका छन् ।

आर्थिक पत्रकारिता पुरस्कारबाट रेडियो तीनजुरेमा कार्यरत सरस्वती राई र रेडियो मेन्छ्यायेममा कार्यरत विरेन्द्र पयाङ्गु सम्मानित भएका छन् ।

यसैबीच महासंघले शाखाको १२औं साधरणसभाको अवसरमा प्रतिनिधिसभा निर्वाचनमा विजयी हुने सीता गुरुङ, प्रदेशसभा सदस्यहरू किशोरचन्द्र दुलाल र दुर्गाप्रसाद चापागाई लाई बधाईपत्रसहित सम्मान गरेको छ । महासंघले ३० बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा विजयी भएका महासंघका सदस्य छथर गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बू र आठराई गाउँपालिका ६ का वडाध्यक्ष कृष्ण बास्कोटालाई पनि धन्यावादपत्रसहित सम्मान गरेको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ३ : ३८ बजे

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराउने मेयर्स फोरमको निर्णय

काठमाडौं– काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा

प्रधानमन्त्री बालेन कालो चस्मामै संसद्‌मा उपस्थित हुने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य

राष्ट्रियसभा : बालिकामाथि हुने बलत्कारका घटना कम गर्न विद्यालय तहमा यौन शिक्षा दिन माग

काठमाडौं– राष्ट्रियसभाको आजको शून्य समयको बैठकमा सभाका सदस्यहरूले मुलुकको समसामयिक

भक्तपुरमा ‘ताहासा’ बनाउन बाँसको व्यापार सुरु

भक्तपुर– भक्तपुरमा ताहासा निर्माण गर्न बाँसको व्यापार सुरु भएको छ

१५० दिनमै प्रधानमन्त्री बालेन कमजोर बनेको इन्डिया टुडेको दाबी

काठमाडौँ – नेपालका प्रधानमन्त्री वालेन्द्र ‘बालेन’ शाहको नेतृत्वबारे भारतीय सञ्चारमाध्यम