ढुंगाखानीको माटो जथाभावी फाल्दा मध्यपहाडी लोकमार्ग अवरोध « Khabarhub

ढुंगाखानीको माटो जथाभावी फाल्दा मध्यपहाडी लोकमार्ग अवरोध


१७ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङमा ढुंगाखानीको ढुंगामाटो जथाभावी फाल्दा मध्यपहाडी लोकमार्गमा अवरोध पुगेको छ । पुष्पलाल मध्यपहाडी लोकमार्गको दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्डका विभिन्न ठाउँमा सडकमाथिका ढुंगाखानीबाट निस्किएको ढुंगामाटो जथाभावी मिल्काउँदा सडकमा अवरोध खडा भएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाको ढिकुरे, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा लगायतका स्थानमा सडकमाथिबाट ढुंगा निकाल्ने क्रममा निस्किएको ढुंगामाटो यत्रतत्र मिल्काउँदा सवारी आवागमनमा अवरोध पुगेको हो । सडकमा थुप्रिएको ढुंगामाटोले सडक दुर्घटनाको जोखिम बढाएको छ । सवारी आवागमनमा अवरोध पुगे पनि सडकमा थुप्रिएको ढुंगा माटो पन्छाउनमा कसैको ध्यान नपुगेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाका स्थानीय गजेन्द्र राईले बताए ।

सडक, नहर, भवन लगायतका भौतिक संरचना निर्माणका लागि मध्यपहाडी आसपासबाट ढुंगा निकालिएको हो । ढिकुरेमा सडकभन्दा माथिबाट ढुंगा झिक्नेक्रममा सडकको कुना र डिलमा ढुंगामाटो थुप्रिएको छ । सोल्मामा ढुंगामाटोले सडकको आधा भाग ओगटेको छ । जग्गा धनीले निर्माण सम्वद्ध व्यक्तिलाई ढुंगा बिक्री गर्नेगरेका छन् । ढुंगा बिक्रीबाट कतिपय स्थानीयले राम्रो आम्दानी पनि लिने गरेका छन् ।

तर ढुंगा झिक्ने पक्षले ढुंगामाटो नपन्छाइ छोड्दा समस्या भएको हो । सडकमा थुप्रिएको ढुंगामाटो पन्छाउनका लागि आग्रह गरे पनि बेवास्ता गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका वडाध्यक्ष हरिप्रसाद चौंलागाईले बताए । ‘जग्गा धनीले ढुंगा बिक्री गर्छन् । तर ढुंगा झिक्नेले सडकमा झरेको ढुंगामाटो नपन्छाइ जान्छ,’ वडाध्यक्ष चौंलागाईले भने, ‘ढुंगामाटो पन्छाउन लगाए पनि पन्छाइएको छैन । ढुंगा झिके पनि सडकलाई असर पुग्नु भएन ।’

 

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ८ : ३३ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना