दमकमा फोहरबाट ग्यास उत्पादन, पाइपलाइन नहुँदा वितरण हुन सकेन « Khabarhub

दमकमा फोहरबाट ग्यास उत्पादन, पाइपलाइन नहुँदा वितरण हुन सकेन


१७ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

दमक – झापाको दमकमा फोहरबाट ग्यास उत्पादन भए पनि पाइप लाइन बन्न नसक्दा उपभोक्ताले प्रयोग गर्नबाट बञ्चित भएका छन् ।

दमक नगरपालिका–२ मा नेक्स इरा इनर्जीले फोहर प्रशोधन गरी ग्यास उत्पादन गरेको हो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा निर्मित यो प्लान्टबाट दैनिक ८४ केजी बायोग्यास उत्पादन हुन्छ । रु २० करोड ५८ लाखमा निर्मित प्लान्टमा केन्द्रको रु पाँच करोड ८८ लाख र बाँकी नेक्सट इरा इनर्जीको लगानी छ । प्लान निर्माण भइसकेपछि सञ्चालनका लागि सरकारले सहयोग नगरेको इनर्जीका सञ्चालक युवराज घिमिरेले बताए ।

कुहिने र नकुहिने फोहर बेग्ला–बेग्लै सङ्कलन गरेर प्रशोधनका लागि ल्याइने गरेको बताए । कुहिने फोहरलाई लेदो बनाएर प्रशोधन गरी ग्यास र प्राङ्गरिक मलका रूपमा प्रयोग गर्न सकिने कम्पनीका अर्का सञ्चालक विमल खतिवडाले बताए ।कम्पनीका प्राविधिक विजय पाण्डेका अनुसार कुहिने फोहर ग्यास बन्नका लागि १४ देखि २१ दिनसम्म लाग्छ ।

दैनिक १० हजार किलो प्राङ्गरिक मल र सात हजार पाँच सय लिटर झोल मल उत्पादन गर्न सक्ने प्लान्टको क्षमता छ । दमक क्षेत्रमा दैनिक १५ टन फोहर सङ्कलन हुने गरेको छ । यो परियोजना विसं २०७६ माघ १० गते सम्झौता भएर काम अघि बढेको थियो । सम्झौताअनुसार २० वर्षपछि यो योजना दमक नगरपालिकाकै मातहतमा आउने छ ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ८ : ४७ बजे

प्रधानमन्त्री राहत कोषमा वीरगञ्ज हेल्थ केयर अस्पतालको १० लाख रुपैयाँ

वीरगन्ज– रसुवासहितका जिल्लामा विनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिकका सहयोगका लागि

सीमा क्षेत्रको त्यो मार्मिक दृश्य : बाढीले छोपिसक्दा पनि अरूलाई बचाउन भगाइरहेका थिए चिनियाँ प्रहरी ह्वाङ पेङ

काठमाडौं- उत्तरी छिमेकी चीनसँग नेपाललाई जोड्ने प्रमुख हिमाली नाका रसुवागढीले

ट्याक्टर दुर्घटनामा ३४ जना घाइते, २० जनालाई थप उपचारका लागि काठमाडौँ पठाइयो

खोटाङ– धार्मिक मेला भरेर घर फर्कँदै गरेको अवस्थामा खोटाङमा ट्याक्टर

भोटेकोशी बाढी : मधेसका १५ जना परिवारको सम्पर्कमा

जनकपुरधाम– रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १२७