लेबनानका शरणार्थीहरुका लागि सहयोग उपलब्ध गराउन राष्ट्रसङ्घको आग्रह « Khabarhub

लेबनानका शरणार्थीहरुका लागि सहयोग उपलब्ध गराउन राष्ट्रसङ्घको आग्रह


१८ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घले लेबनानका शरणार्थीहरुका लागि सहयोग उपलब्ध गराउन आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्च आयुक्तले यस्तो आग्रह गरेका हुन् ।

संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी आयोगका उच्च आयुक्त फिलिपो ग्राण्डीले लेबनानमा पछिल्लो समयमा शरणार्थीहरुको सङ्ख्या बढ्दै गएको र उनीहरुका लागि आवश्यक मात्रामा सहयोग पनि नपुगेकाले यस्तो आग्रह गरेका हुन् ।

ग्राण्डी तीन दिनको भ्रमणका क्रममा लेबनान पुगेका थिए । भ्रमण सकेर शनिबार फर्किने क्रममा उनले लेबनानमा दशौँ हजार शरणार्थीलाई हाल सामान्य सहयोग मात्र गरिएको र उनीहरुको भविष्य सुनिश्चित हुने खालको कुनै दिगो सहयोग प्राप्त हुन नसकेको समेत बताएका छन् ।

उनले सिरियाबाट आएर पनि लेबनानमा शरणार्थीका रुपमा मानिसहरु रहेकाले उनीहरुलाई आवश्यक मात्रामा र दिगो सहयोग पु¥याउनुपर्ने बताएका छन् ।

लेबनानमा ठूलो सङ्ख्यामा विदेशी शरणार्थीहरु आएर बसेका छन् । एक प्रतिवेदनअनुसार हाल लेबनानमा कम्तीमा पनि २० लाख शरणार्थी रहेका छन् । ती शरणार्थीमा अधिकांश सिरियाली भएको बताइएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ३ : ५० बजे

०१५ सालका मतदाता सुरेन्द्रबहादुर भन्छन्- राजनीति नै स्वार्थको साधन बनेपछि नयाँ पुरानाको भेद रहेन

नेपाली कांग्रेसले घरदैलो पुरानो बानेश्वर चोकबाट कार्यक्रम सुरु गर्‍यो ।

न्युजिल्याण्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित, रोचक बन्यो सेमिफाइनल समीकरण

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गत सुपर–८ चरणको प्रतिस्पर्धा

रास्वपाले भन्यो : मोदीलाई लेखेको भनिएको पत्र पूर्णतः नक्कली र कपोलकल्पित हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने

भीडभाड गरेर फागु खेल्न नपाइने

गण्डकी – प्रतिनिधिसभा सदस्य चुनावको सम्मुखमा परेको फागु पर्व यसपालि

रास्वपाले मोदीलाई लेखेको भनिएको पत्र भाइरल, शिशिर खनाल भन्छन् – यो ‘फेक’ हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ गतेको चुनावअघि