सुकुम्बासी व्यवस्थापनको अध्ययन गर्न सहरी विकास मन्त्रालयद्वारा समिति गठन « Khabarhub

सुकुम्बासी व्यवस्थापनको अध्ययन गर्न सहरी विकास मन्त्रालयद्वारा समिति गठन


१८ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले नदी किरानामा रहेका सुकुम्बासीको व्यवस्थापनबारे अध्ययन गर्न समिति गठन गरेको छ ।

सहरी विकास मन्त्रालयले आइतबार नदी किनारामा रहेका सुकुम्बासीको व्यवस्थापनबारे अध्ययन गर्न सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक प्रकिर्ण तुलाधरको संयोजकत्वमा समिति गठन गरेको हो ।

समितिमा काठमाडौं उपत्यका विकास प्राधिकरणका सीडीई जगदीश लामिछाने, काठमाडौं महानगरपालिकाका प्रतिनिधि, अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिका इन्जिनियर कमल अर्याल र मन्त्रालयका उपसचिव जीवनराज सेढाईं सदस्य छन् ।

सहरी विकास मन्त्री मेटमणि चौधरीले आइतबार सरोकारवाला प्रतिनिधिसँगको छलफलपछि समिति गठन गरेका हुन् ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ४ : १९ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार