पाकिस्तानको ऋण र दायित्व एकै त्रैमासिकमा १२२ खर्ब रुपैयाँले बढ्यो « Khabarhub

पाकिस्तानको ऋण र दायित्व एकै त्रैमासिकमा १२२ खर्ब रुपैयाँले बढ्यो


१८ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानको कूल ऋण एवम् वित्तीय दायित्व १२२ खर्ब पाकिस्तानी रुपैयाँले बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा पाकिस्तानको ऋण एवम् वित्तीय दायित्व २३ दशमलव ७ प्रतिशतले बढेको हो ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले प्रदान गरेको ऋण र पाकिस्तानी रुपैयाँको गिर्दो मूल्यका कारण ऋण बढ्न पुगेको द न्युज इन्टरनेशनलले जनाएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार आर्थिक वर्ष २०२२/२३ को पहिलो त्रैमासिक अर्थात जुलाईदेखि सेप्टेम्बरसम्म पाकिस्तानको कूल ऋण एवम् वित्तीय दायित्व ६२४ खर्ब ६० अर्ब पाकिस्तानी रुपैयाँभन्दा धेरै छ । अघिल्लो वर्षको यही अवधिमा मुलुकको कूल ऋण ५०४ खर्ब पाकिस्तानी रुपैयाँ रहेको थियो ।

समाचारमा जनाइएअनुसार यस अवधिमा पाकिस्तानको ऋण २४ दशमलब ७ प्रतिशतले बढेर ५९३ खर्ब पुगेको छ भने वित्तीय दायित्व २३ प्रतिशतले बढेर ३५ खर्ब ६० अर्बभन्दा धेरै पुगेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ९ : ३५ बजे

फ्लड लाइटको उज्यालोमा रातभर चल्दैछ त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास

रसुवा – प्रतिकूल मौसम र रातको अँध्यारोका बीच बाढीका कारण

नेपालको विनाशकारी बाढीपछि भारतको राहत तथा उद्धार सहयोग तीव्र

काठमाडौं– भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न