मलेसियामा दुई नेपालीको हत्या, हत्याको आशंकामा एक नेपाली पक्राउ  « Khabarhub

मलेसियामा दुई नेपालीको हत्या, हत्याको आशंकामा एक नेपाली पक्राउ 


१९ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


870
Shares
  • change font
  • change font
  • change font

दोहा – मलेसियामा दुई नेपालीको शव फेला परेको छ । मलेसियाको सेरेम्बनमा शनिबार हत्या भएको अवस्थामा दुई नेपालीको शव फेला परेको हो ।

त्यहाँको प्रहरीले ओकल्यान्ड कमर्सियल सेन्टरमा सुरक्षा गार्डको रुपमा कार्यरत दुई नेपालीलाई हथौडाले हानेर हत्या भएको जनाएको छ।

सेरेम्बन ओसीपीडीका सहायक कमाण्डर नन्द मारोफका अनुसार स्थानीयबाट घटनाको सूचना पाए लगत्तै घटनास्थल पुग्दा तीन जना नेपाली फेला परेको, ती मध्ये दुई जना मृत भेटिएको र अन्य एकजना सकुशल थिए ।

‘मृतक दुई एकअर्काबाट टाढै ढल्केका थिए । ३५ र ४६ वर्षका दुई जनाको अनुहारमा चोट लागेको थियो, तर हामीलाई अझै फरेन्सिक जाँचको आवश्यकता छ,’ उनले भने, ‘के कारणले हत्या गरिएको हो अनुसन्धान भइरहेको छ।’ उनीहरू तीनै जनाले मादक पदार्थ सेवन गरेको र पछि आपसी झगडा हुँदा हत्या भएको हुनसक्ने आशंका गरिएको छ।

प्रहरीले आक्रमणमा प्रयोग भएको हतियार पनि फेला पारेको र सँगै रहेका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीलाई उद्धृत गर्दै त्यहाँका समाचारमा जनाइएको छ । हत्याको दण्ड संहिताको धारा ३०२ अन्तर्गत मुद्दाको अनुसन्धान भइरहेको उनले बताए।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ८ : ४१ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको