कानुनको अभावले खेल क्षेत्रको विकास हुन सकेन : सिंह « Khabarhub

कानुनको अभावले खेल क्षेत्रको विकास हुन सकेन : सिंह


१९ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालमा राजनीतिक स्थिरता नआएका कारण विकासले गति लिन नसकेको बताएका छन्।

नेपाल सेतेरियो कराते केन्द्रीय शाखा डोजोले सोमबार आयोजना गरेको कार्यक्रममा सिंहले संविधान कार्यान्वयन गर्न आवश्यक ऐन अभावका कारण विभिन्न सामाजिक, सांस्कृतिक, आर्थिकका साथै खेल क्षेत्रको विकास सोचे जस्तो गर्न सम्भव नभएको बताएका हुन्।

संविधान कार्यान्वयन गर्न तीन तहको सरकारलाई अधिकारसम्पन्न बनाउन पर्ने भए पनि उचित कानुन बनाउन बाँकी रहेकाले जनसेवा प्रवाहमा सोचे जस्तो कार्य गर्न नसकेको उनको भनाइ छ।

त्यसैले अबको दिनमा आफू सङ्घीयता कार्यान्वयन साथै तीन तहको सरकारलाई अधिकारसम्पन्न बनाउन कानुन निर्माणमा लाग्ने बताए। उनले समाजमा सकारात्मक ऊर्जा प्रदान गर्न खेल र खेलाडीले खेल्ने भूमिकाको प्रशंसा गरे। सिंहले समग्र खेल क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने दाबी पनि गरे।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  १२ : ३५ बजे

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो