विप्लव समूहलाई मूलधारमा ल्याउनुपर्छ– उपसभापति निधि | Khabarhub Khabarhub

विप्लव समूहलाई मूलधारमा ल्याउनुपर्छ– उपसभापति निधि


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले विप्लव नेतृत्वको प्रतिबन्धित नेकपालाई वार्तामार्फत मूलधारमा ल्याउनुपर्नेमा जोड दिएका छन् ।

नेपाल प्रेस युनियन चितवनले बिहीवार(आज) आयोजना गरेको पत्रकार सम्मेलनमा उपसभापति निधिले कुनै पनि राजनीतिक दललाई प्रतिबन्ध लगाउनु लोकतन्त्रमा राम्रो नभएकाले वार्तामार्फत समस्याको समाधान खोज्नु आवश्यक रहेको विचार राखे ।

अहिले राजनीतिक रुपमा खुल्ला वातावरण बनेको भन्दै उनले हतियार उठाएर व्यक्तिगत स्वार्थका लागि हिँड्न नहुने बताए ।
फरक प्रसंगमा नेता निधिले कांग्रेसभित्र गुटबन्दी नरहेको दाबी गरे ।

महासमिति र केन्द्रीय समितिको बैठकले समस्या समाधान गरेको उनको भनाइ थियो । “कांग्रेस प्रजातान्त्रिक पार्टी भएका कारण आफ्ना धारणाहरु बाहिर आउँदैमा त्यसलाई गुट–उपगुट छ भन्नु हुँदैन”, निधिले भने ।

सरकारले गरेका कामहरुका कारण जनतामा फेरि कांग्रेसप्रति आशा र भरोसा बढेको उनको भनाइ थियो । गुट–उपगुटमा नलागी जनताको भरोसामा केन्द्रित हुँदै काम गर्ने समय आएको निधिले बताए ।

निधिले नेविसङ्घको तदर्थ समिति असार २२ गतेको केन्द्रीय समितिको बैठकपछि टुङ्गो लाग्ने जानकारी दिए ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ११ : ४९ बजे

भक्तपुरका नेवार समुदायले मनाए ‘सकिमना पुन्ही’ (फोटो फिचर)

काठमाडौं– नेवार समुदायले कार्तिक पूर्णिमा अर्थात् ‘सकिमना पुन्ही मनाएको छ

गृहमन्त्रीलाई सुधन गुरुङको प्रश्न : ओली सरकारकै पारामा ढल्किनु भएको हो ?

काठमाडौं – जेनजी आन्दोलनका अगुवा सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याललाई

भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व सङ्कलन

रुपन्देही – भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन

काठमाडौंमा आज विप्लवको जनप्रदर्शन

काठमाडौं – नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज काठमाडौंमा

जसपा केन्द्रीय समिति बैठक : अध्यक्षको प्रतिवेदनमाथि छलफल

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक