इन्द्रचोकमा चिनियाँहरुको झगडा : गम्भीर घाइते एक जनाको मृत्यु « Khabarhub

इन्द्रचोकमा चिनियाँहरुको झगडा : गम्भीर घाइते एक जनाको मृत्यु


१९ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौंको इन्द्रचोकमा हिजो तीन जना चिनियाँ नागरिकबीच भएको झडपमा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ । झडपका क्रममा गम्भीर घाइते भएका २९ वर्षे चिनियाँ नागरिक गान साउसियङको मृत्यु भएको हो ।

उनको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । हिजो पूर्वाह्न साढे ११ बजेतिर लेनदेनका विषयमा विवाद हुँदा तीन जना चिनियाँ नागरिकबीच इन्द्रचोकमा झडप भएको थियो ।

३७ वर्षे चिनियाँ नागरिक फङ चुङयुनले धारिलो हतियार प्रहार गरी दुई जना चिनियाँलाई घाइते बनाएका थिए । फङ चुङयुनले हतियार प्रहार गरेपछि घाइते भएका ली चुवान र गान साउसियङलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो । उपचारका क्रममा गानको मृत्यु भएको हो ।

धारिलो हतियार प्रहार गर्ने फङ चुङयुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  १ : ५९ बजे

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब नरेन्द्र मोदी विमानस्थल

काठमाडौँ- भारतमा नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी नरेन्द्र मोदी

लिग-२ : नेपालले विश्वकप खेल्ने सम्भावना कति ?

काठमाडाैँ – आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको

वरिष्ठ उपसभापतिमा निर्विरोध बनेका विश्वप्रकाश शर्माले गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा निर्विरोध वरिष्ठ उपसभापति