इन्द्रचोकमा चिनियाँहरुको झगडा : गम्भीर घाइते एक जनाको मृत्यु « Khabarhub

इन्द्रचोकमा चिनियाँहरुको झगडा : गम्भीर घाइते एक जनाको मृत्यु


१९ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौंको इन्द्रचोकमा हिजो तीन जना चिनियाँ नागरिकबीच भएको झडपमा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ । झडपका क्रममा गम्भीर घाइते भएका २९ वर्षे चिनियाँ नागरिक गान साउसियङको मृत्यु भएको हो ।

उनको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । हिजो पूर्वाह्न साढे ११ बजेतिर लेनदेनका विषयमा विवाद हुँदा तीन जना चिनियाँ नागरिकबीच इन्द्रचोकमा झडप भएको थियो ।

३७ वर्षे चिनियाँ नागरिक फङ चुङयुनले धारिलो हतियार प्रहार गरी दुई जना चिनियाँलाई घाइते बनाएका थिए । फङ चुङयुनले हतियार प्रहार गरेपछि घाइते भएका ली चुवान र गान साउसियङलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो । उपचारका क्रममा गानको मृत्यु भएको हो ।

धारिलो हतियार प्रहार गर्ने फङ चुङयुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  १ : ५९ बजे

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ एघार जिल्लाको मतपत्र छपाइ सम्पन्न

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं– सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार ५७३

अन्तिम श्रद्धाञ्जलीपछि पत्रकार सिटौलालाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग

रोहित शेट्टीको घरमा फायरिङ : बिश्नोई गिरोहको धम्की

काठमाडौं– बलिउडका चर्चित निर्देशक रोहित शेट्टीको मुम्बईस्थित जुहूको घर ‘शेट्टी

पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

त्रिवेणी– यही माघ २७ गते रुकुम पश्चिममा एक हजार ८००