भारतीय पक्षबाट सीमा क्षेत्रमा भइरहेका ज्यादतीप्रति नेपाल सरकार रमिते बन्यो : रास्वपा « Khabarhub

भारतीय पक्षबाट सीमा क्षेत्रमा भइरहेका ज्यादतीप्रति नेपाल सरकार रमिते बन्यो : रास्वपा


१९ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले भारतीय पक्षबाट सीमा क्षेत्रमा भइरहेका ज्यादतीप्रति नेपाल सरकार रमिते बनेको आरोप लगाएको छ ।

भारतले एकतर्फी ढंगबाट महाकालीको बहाव नेपालतर्फ धकेलेरे अनधिकृत पक्की संरचना बनाउन लागेको र त्यसको विरोधमा उत्रिएका नेपालीमाथि आक्रमण हुँदा नेपाल सरकार मूकदर्शक बनेर बसेको सो पार्टीले आरोप लगाएको हो ।

‘अन्तर्राष्ट्रिय सन्धी सम्झौता भारतसँगको हाम्रै द्विपक्षीय सन्धी सम्झौताहरु विपरीत कार्य भइरहँदा पनि सरकार मूकदर्शक बनेर रमिता मात्रै हेरिरहनु हदैसम्मको गैर–जिम्मेवार कार्य हो,’ पार्टीका प्रवक्ता डा. मुकुल ढकालले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि नेपाली राजनीतिक दल, त्यसमा पनि सरकार संचालनको जिम्मेवारीमा रहेका दलहरुले केवल आफ्नो राजनीतिक लाभ हेरेर देशको सिमाना र नागरिकको जीवन रक्षाको लागि केही नबोल्ने सरकारले हाम्रो राष्ट्रियता कमजोर हुने गम्भीर जोखिम देखिन्छ । सरकारको गैरजिम्मेवारीले स्थानीय नेपाली नागरिकहरु प्रतिरोधमा उत्रिनु पर्ने बाध्यता बनेको छ ।’

 

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ५ : २९ बजे

अनेरास्ववियुका पूर्वअध्यक्ष पराजुली दुई क्षेत्रबाट उम्मेदवार सिफारिस

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले अनेरास्ववियुका पूर्वकेन्द्रीय अध्यक्ष सुदेश पराजुलीलाई दुई

छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य हुन्छ : नवनियुक्त मन्त्री शर्मा

काठमाडौं- नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले आफ्नो मन्त्रालयले चुनावसम्बन्धी विषयमा छिमेकी

मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी

क्वालालम्पुर- मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई शुक्रबार १एमडिबी सरकारी लगानी कोषबाट

स्वास्थ्य संस्थाहरुको गतिविधि आपत्तिजनक : वैदेशिक रोजगार व्यवसायी सङ्घ

काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले सरकारले स्वास्थ्य परीक्षण शुल्कमा