टर्कीको इस्तानबुलमा बस र ट्राम ठोक्किँदा ३३ जना घाइते « Khabarhub

टर्कीको इस्तानबुलमा बस र ट्राम ठोक्किँदा ३३ जना घाइते


१९ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा सोमबार बस र ट्राम ठोक्किँदा ३३ जना घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार बिहान भीडभाडको समयमा सार्वजनिक यातायातको बस र ट्राम एक आपसमा ठोक्किएका हुन् ।

डेमिरोरेन समाचार एजेन्सीका अनुसार उक्त बस शहरको युरोपेली भागमा रहेको इयुपसुल्तान जिल्लास्थित रेलवे मार्ग पार गर्ने क्रममा दुर्घटना भएको हो ।

घटनास्थलमा एम्बुलेन्स र अग्निनियन्त्रकहरू उद्धारका निम्ति पुगेका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
बस र ट्राम दुबै यात्रुहरूले भरिएका थिए ।

दुर्घटनाले बसमा ठूलो क्षति पुगेको छ भने सो समयमा सडकमा गुडिरहेको एउटा अर्को गाडीमा समेत क्षति पुगेको जनाइएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ६ : ३५ बजे

अमेरिका-दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

सियोल– राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल

काठमाडौं– नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल नियुक्त

महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण

कञ्चनपुर– महाकाली नदीको बाढी नियन्त्रणका लागि कञ्चनपुरमा एक हजार २२०

झापामा गतआवमा छ झोलुङ्गे पुल निर्माण

भद्रपुर– जिल्ला पूर्वाधार विकास कार्यालयले गत आर्थिक वर्षमा झापाका विभिन्न

कोलकाता होटलमा आगलागी, नौ जनाको मृत्यु

कोलकाता– भारतको पश्चिम बङ्गाल राज्यको राजधानी कोलकाताको मध्य भागमा रहेको