रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा अर्को उजुरी | Khabarhub Khabarhub

रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा अर्को उजुरी


१९ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा अर्को उजुरी परेको छ । नेपाली नागरिकता नभएको विदेशी नागरिकले राजनीतिक दल खोल्ने वा सो दलको साधारण सदस्य नपाउने उल्लेख गर्दै थप उजुरी परेको हो ।

सिन्धुलीको कमलामाई नगरपालिका–१ स्थायी घर भई हाल काठमाडौं बस्ने नेपाली नागरिक तथा समाजवादी केन्द्र नेपालका नेता युवराज पौडेल (सफल) ले आज आयोगमा उजुर दर्ता गराएका हुन् ।

लामिछानेसँग नेपाली नागरिकता नै नभएको भन्दै उनले पार्टीको सभापति र सो दलको साधारण सदस्यता तत्काल खारेज गर्न भनेका छन् । दल दर्ता गर्न पाउने अधिकार नेपाली नागरिकसंग मात्र भएको स्मरण गराउँदै उनले आयोगबाट भएको त्रुटिले स्तब्ध बनाएको बताएका छन् ।

‘राष्ट्रिय स्वतन्त्र पार्टी नामक दल दर्ता भएकोमा दल दर्ता गर्न पाउने र दलको सदस्य वा नेता हुन पाउने अधिकार नेपाली नागरिकसंग मात्रै हुने कानुनी व्यवस्थाविपरीत नेपाली नागरिक नै नभएको रवि लामिछानेको सभापतित्वमा उक्त दल दर्ता भएको सम्बन्धमा निर्वाचन आयोगबाट हुन गएको त्रुटिबाट म स्तब्ध छु’ पत्रमा भनिएको छ ।

मतदान गर्ने,उम्मेदवार बन्ने र राजनीतिक दल खोल्ने अधिकार नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन,प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन तथा प्रदेश सभा सदस्य निर्वाचन ऐनअन्तर्गत नेपाली नागरिकलाई मात्रै प्रदान गरिएको उनको भनाइ छ ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ७ : १० बजे

जाइका नेपाल प्रमुखको टोलीद्वारा तनहुँ जलविद्युत आयोजना निरीक्षण

दमौली– तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

गण्डकी प्रदेशसभामा आजदेखि बजेटमा छलफल

गण्डकी– गण्डकी प्रदेश सरकारले ल्याएको आगामी आव २०८२-८३ को बजेटमाथि

किवी खेतीबाट वार्षिक ६ लाख कमाउँछन् गुल्मीका यमबहादुर

गुल्मी– सत्यवति गाउँपालिका–८ भार्सेका यमबहादुर थापा यति बेला व्यावसायिक रुपमा किवीखेती

भारतद्वारा मस्कको स्टारलिंकलाई लाइसेन्स प्रदान

एजेन्सी– नयाँदिल्लीले एलन मस्कको स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवालाई इजाजतपत्र प्रदान

माडीमा प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध

चितवन– यहाँको माडी नगरपालिकाले प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध लगाएको छ