१९औं सामूहिक खेलकुद महोत्सव सुरु, अरुणा शाहीद्वारा उद्घाटन | Khabarhub Khabarhub

१९औं सामूहिक खेलकुद महोत्सव सुरु, अरुणा शाहीद्वारा उद्घाटन


२० मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

भैरहवा– जोश र उत्साहका लागि खेलकुद’ भन्ने नाराका साथ १९औ सामूहिक खेलकुद महोत्सव मंगलबारबाट सुरु भएको छ । सामूहिक विद्यालय परिवार रुपन्देहीले विद्यार्थीमा भएको अन्तरनिहित खेल प्रतिभाको प्रस्फुटन तथा बौद्धिक, शैक्षिक, सांस्कृतिक, खेलकुदलगायतका प्रतिस्पर्धात्मक क्रियाकलापको विकास गर्न १९ वर्षअघिदेखि प्रतियोगिता आयोजना गरेको हो । 

महोत्सवको उद्घाटन भलिबल राष्ट्रिय टिम(महिला)की कप्तान अरुणा शाहीले गरेकी छन् । उद्घाटनपूर्व खेलकुद र्‍याली भैरहवाको बुद्धचोकबाट निस्केको थियो । र्‍यालीमा छात्रछात्रा, शिक्षक, प्रशिक्षक तथा शुभेच्छुकहरुको सहभागिता थियो ।

निजी विद्यालयहरूबीच आपसी सम्बन्ध कायम राख्दै विद्यार्थी, शिक्षक र अभिभावकमा पनि सम्बन्ध जोड्न प्रतियोगिताले भूमिका खेल्दै आएको छ । शिक्षाका साथै सामाजिक र खेलकुदमा पनि उत्तरदायित्व बहन गर्दै परिवारले विविध कार्यक्रम गर्दै आएको अध्यक्ष उदयकुमार मल्लिकले बताए । 

प्रतियोगिताको मुख्य उद्देश्य छात्र तथा छात्रालाई शारीरिक तथा मानसिक रूपमा स्वास्थ्य राख्नु तथा उनीहरूमा रहेको प्रतिभालाई बाहिर ल्याउने प्लेटफर्मको सिर्जना गर्नु रहेको खेलकुद महोत्सवका संयोजक मनोजकुमार यादवले बताए । समूहमा आबद्ध १८ विद्यालयका एक हजार ४ विद्याथीहरूबीच हुने खेल महोत्सव तीन तहमा विभाजन गरी प्रतियोगिता गराइने उनको भनाइ छ ।

कक्षा १ देखि ३ सम्मको सबजुनियर, कक्षा ४ देखि ६ सम्मको जुनियर र कक्षा ७देखि १० सम्मका सिनियर गरी तीन तहमा हुने प्रतियोगितालाई छात्रा र छात्र गरी दुई विधामा प्रतियोगिता गराइने संयोजक यादवले बताए । प्रतियोगिता कोभिडका कारण दुई वर्ष स्थागित भएको थियो । 

२० देखि २३ मंसिरसम्म हुने चार दिने खेल महोत्सवमा सय मिटरदेखि आठ सय मिटरसम्मका दौड, सय गुणे चार रिले दौड, स्किपिङ दौड, बोरा दौड, तीन खुट्टे दौड, लङजम्प, सटपुट र भलिबल खेलहरू हुने आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ५ : ०२ बजे

स्पेनिस ला लिगा : ओसासुनामाथि रियल मड्रिडको जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा रियल मड्रिडले सुखद

कांग्रेस महामन्त्री शर्मा भैरहवा धाएको धायै

काठमाडौं– प्रतिनिधिसभा सदस्यका लागि हुन गइरहेको उपनिर्वाचनको सरगर्मी बढेसँगै नेपाली

कञ्चनपुरमा ३९ सय मिटर सिँचाइ कुलो निर्माण

कञ्चनपुर– जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरले गत आर्थिक

काभ्रेका भुम्लुबासीले ५० वर्षपछि पाए लालपूर्जा

काभ्रे– काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको दुई वडाबासीले ५० वर्षपछि आफ्नो जग्गाको