वार्षिक १२ अर्बको हस्तकलाका सामग्री निर्यात « Khabarhub

वार्षिक १२ अर्बको हस्तकलाका सामग्री निर्यात


२० मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वार्षिक रुपमा रु १२ अर्ब बराबरको हस्तकलाका सामग्री विश्व बजारमा निर्यात हुँदै आएको छ । नेपालमा उत्पादित ती सामग्रीहरू विभिन्न मुलुकमा निर्यात हुँदै आएको नेपाल हस्तकला महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार विश्वका ६० भन्दा बढी मुलुकमा वार्षिक रु १२ अर्ब मूल्य बराबरको हस्तकला निर्यात हुने गरेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले देशको व्यापार घाटा कम गर्दै राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन हस्तकला क्षेत्रले महत्वपूर्ण योगदान गरेको दाबी गरे । “स्वदेश तथा विदेश गरेर वार्षिक झण्डै रु २४ अर्ब बराबरको हस्तकला कारोबार हुँदै आएको छ, यस क्षेत्रले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आठ लाखलाई रोजगारी प्रदान गर्दै आएको छ”, अध्यक्ष शाक्यले भने।

उनका अनुसार नेपालमा उत्पादित हस्तकलाका सामग्रीलाई स्वदेश तथा विदेशी बजारमा प्रवद्र्धन, प्रचारप्रसार तथा वस्तुको उजागर गरी निर्यात व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले आगामी मङ्सिर २३ देखि २७ गतेसम्म होटल ह्यातमा १९औँ हस्तकला व्यापार मेला तथा १७ औँ हस्तकला प्रतियोगिता हुनेछ ।

नेपाली उद्यमी व्यवसायी र विदेशी हस्तकला आयातकर्ता बीचमा व्यावसायिक सम्बन्ध, विकास, विदेशी हस्तकला आयातकर्ता र उपभोक्तलाई एकै स्थानमा भेला गराइ हस्तकला वस्तुको बजारीकरणमा सहयोग पु¥याउने उद्देश्य रहेको छ । मेलामा एक सय ३० व्यापारिक कक्ष राखिने मेलाका संयोजक दिल्लीरत्न तुलाधरले जानकारी दिए ।

उनका अनुसार मेलामा एउटै छातामुनी हस्तकला वस्तुको प्रदर्शनी, उत्कृष्ट व्यापारिक कक्ष प्रतियोगिता, परम्परागत र नवोदित हस्तकलाको जीवन्त सीप प्रदर्शनी, अमूर्त सांस्कृतिक सम्पदाको उजागर, जेष्ठ तथा वरिष्ठ कलाकारलाई सम्मान, अग्रणी निर्यातकर्तालाई सम्मान गरिनेछ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले नेपालको निर्यात क्षेत्रमा हस्तकला क्षेत्रको ६ प्रतिशत योगदान रहेको बताउँदै आगामी दिनमा यसलाई बढाउन आवश्यक रहेको बताए । उनले सीप भएका कलाकारलाई राज्यले सम्मान गरेमात्र यो क्षेत्रले अझै गती लिने विश्वास व्यक्त गरे ।

यसैवर्ष हस्तकला महासङ्घले स्वर्ण जयन्तीसमेत मनाउन लागेको छ । स्वर्णजयन्तीका अवसरमा महासङ्घले हस्तकलासम्बन्धी अन्तक्र्रियात्मक कार्यक्रम, रक्तदान, वृक्षारोपण, ज्येष्ठ कलाकारलाई सम्मानलगायत कार्यक्रमको आयोजना गरेको अध्यक्ष शाक्यले बताए।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ९ : ०४ बजे

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन