बढ्दो जनसङ्ख्यालाई स्वच्छ पानीको चुनौती | Khabarhub Khabarhub

बढ्दो जनसङ्ख्यालाई स्वच्छ पानीको चुनौती


२१ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बढ्दो जनसङ्ख्यालाई पर्याप्त स्वच्छ पानी, ऊर्जा र खाद्यान्न पुर्याउने काम चुनौतीपूर्ण रहेको यस क्षेत्रका विज्ञहरूले बताएका छन् ।

मङ्गलबारदेखि यहाँ आरम्भ भएको पानी, ऊर्जा र खाद्यान्न अन्तरसम्बन्ध विषयक दुई दिने कार्यशालाका वक्ता तथा प्रस्तोता विज्ञहरूले सो कुरा बताएका हुन् । खानेपानी सचिव मणिराम गेलालले कार्यशालाको उद्घाटन गर्दै बढ्दो सहरीकरण र जनसङ्ख्याको वृद्धिले संसारभर खानेपानी, ऊर्जा र खाद्यान्नको माग बढिरहेको बताए ।

कार्यक्रममा पूर्वमन्त्री गणेश साहले पानीको स्रोतहरूको संरक्षण, आकाशे पानीको सदुपयोग , नवीकरणीय ऊर्जाको उपयोग, थोरै पानीको प्रयोग गरेर बढी अन्न उब्जाउने प्रविधि विकास गरेर यो क्षेत्रमा देखिएका चुनौतीको समाधान गर्न सकिने सुझाव दिएका छन् ।

पूर्वसचिव सुमनप्रसाद शर्माले बढ्दो जनसङ्ख्यालाई स्वच्छ खानेपानी, पर्याप्त स्वच्छ ऊर्जा र पोषणयुक्त खाद्यान्न सम्बन्धीत पक्ष गम्भीर हुनुपर्नेमा जोड दिए ।

स्मार्ट वास सोलुसन्सका अध्यक्ष रामदीप साहले बढ्दो सहरी जनसङ्ख्याका लागि स्वच्छ खानेपानी, स्वच्छ ऊर्जा र पर्याप्त पोषिलो खाद्यान्न कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर विकसित देशको अनुभव लिन कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।

एसियन वाटर काउन्सिल र के वाटरका जे डब्ल्यु लीले कोरिया वाटर (के वाटर)ले कसरी काम गरिरहेको छ भन्ने विषयमा प्रस्तुति दिएका थिए ।।

डा उनहर शिनले पानी ऊर्जा र खाद्यान्नको अन्तरसम्बन्ध, सहरी खानेपानी व्यवस्थापन, खानेपानीको चुहावट नियन्त्रण, दिगो विकास अनुरुपको व्यवस्थापन शैलीको बारेमा प्रकाश पारेका थिए ।

काठमाडौँ विश्वविद्यालयका प्रा डा बिम श्रेष्ठले पानी ऊर्जा र खाद्यान्न अन्तरसम्बन्ध विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक डा मधुसुदन अधिकारीले नवीकरणीय ऊर्जा प्रविधिमार्फत नेपालमा खानेपानी, ऊर्जा र खाद्यान्न सुरक्षामा गरिएका योगदानबारे कार्यपत्र प्रस्तुत गरेका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ७ : ०५ बजे

काठमाडौं–मन्थली सडक अवरुद्ध

मन्थली– लिखु तामाकोशी गाउँपालिका–७ स्थित हलेदेमा सडक भासिँदा सवारी आवागमन

भौतिक पूर्वाधारमन्त्रीद्वारा बेलिब्रिज उद्घाटन

फिक्कल– केचना–कञ्चनजङ्घा (मेची करिडोर) सडकअन्तर्गत पुवाखोलामा बेलिब्रिज जडान गरिएको छ

स्वास्थ्य सेवालाई परिणाममुखी बनाउन कार्यसम्पादन सम्झौता

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी

बुधबार सुनको मूल्य १६ सय घट्यो, चाँदीको मूल्य कति ?

काठमाडौं – बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी

यस्तो छ २२ अर्बमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (तस्बिरहरू)

पोखरा– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको आर्थिक अनियमितता पुष्टि