मिर्गौला प्रत्यारोपण केन्द्र स्थापनार्थ सम्झौता « Khabarhub

मिर्गौला प्रत्यारोपण केन्द्र स्थापनार्थ सम्झौता


२१ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

बागमती– हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण केन्द्र स्थापना गर्न विभिन्न तीन संस्थामाझ सम्झौता भएको छ । केन्द्र स्थापनाका लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुस्करचन्द्र श्रेष्ठ, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा विश्वराज जोशी र हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रामचन्द्र सापकोटामाझ त्रिपक्षीय सम्झौता भएको हो । 

अस्पतालको सेवा विस्तार गर्ने अभियानअन्तर्गत बागमती प्रदेश सरकारको सहयोगमा मिर्गौला प्रत्यारोपण सुरु गर्न लागिएको हो । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज भएको सम्झौतासँगै केन्द्र स्थापनाको कार्य तीव्रगतिमा अगाडि बढेको बताए । उनले हेटौँडा अस्पतालको विकासमा प्रदेश सरकार सदैव सहयोग गर्न तयार रहेको स्पष्ट पारे।

त्यसैगरी मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा जोशीले हेटौँडा अस्पतालमा सेवा विस्तार भएपछि धेरैलाई सेवा प्रदान गर्न सहज हुने विश्वास व्यक्त गरे । मिर्गौला प्रत्यारोपण केन्द्र स्थापनाका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु आठ करोड बजेट छुट्याएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ७ : २६ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको