चक्रपथ विस्तारकाे कार्य तत्काल अगाडि बढाउन नेता पौडेलको आग्रह « Khabarhub

चक्रपथ विस्तारकाे कार्य तत्काल अगाडि बढाउन नेता पौडेलको आग्रह


२१ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले चक्रपथ विस्तारको कामलाई चाँडो अगाडि बढाउन आग्रह गरेका छन् । नेता पौडेलले आज काठमाडौँ चक्रपथ सुधार योजना कार्यालयमा पुगेर चक्रपथ विस्तारका सम्बन्धमा भइरहेको कामका बारेमा जानकारी लिनुका साथै उक्त आयोजनालाई चाँडो अगाडि बढाउन आग्रह गरे।

“चक्रपथ बिस्तारको काममा ढिलासुस्ती हुँदा आमनागरिकलाई समस्या परिरहेको छ, छिटोभन्दा छिटो विस्तारको कामलाई अगाडि बढाउनुपर्छ”, उनले भने। नेता पौडेलले विष्णुमति र सामाखुशी खोलामा वर्षात्का समयमा पानी बढी भएर त्यस क्षेत्रमा डुबानको समस्या हुने गरेको भन्दै सडक विस्तारका क्रममा ढल निकासको समस्यालाई पनि समाधान गर्नेगरी काम गर्नुपर्ने बताए ।

काठमाडौँ क्षेत्र नं ५ बाट निर्वाचित सांसद पौडेलले स्थानीय समस्याको समाधान गर्दै दोस्रो चरणको कलङ्कीदेखि वसुन्धरासम्मको सडक विस्तारको काम र तेस्रो चरणको वसुन्धरादेखि चाबहिलसम्मको कामलाई पनि तत्काल सुरु गर्न आग्रह गरे।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  १० : १७ बजे

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार