अध्यक्षबाट राजीनामा दिएपछि राहुलले फेरे ट्वीटरको बायो « Khabarhub

अध्यक्षबाट राजीनामा दिएपछि राहुलले फेरे ट्वीटरको बायो


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतको विपक्षी कांग्रेस पार्टीको अध्यक्षको पदबाट राजीनामा दिएका राहुल गान्धीले ट्वीटर प्रोफाइल फेरेका छन् ।

गान्धीले यसअघि ट्वीटरको बायोमा कांग्रेसको अध्यक्ष लेखेकोमा त्यसलाई फेरेर ‘कांग्रेसको सदस्य’ मात्र लेखेका छन् । ट्वीटरको उनको बायोमा ‘यो राहुल गान्धीको आधिकारिक अकाउण्ट हो । भारतीय राष्ट्रिय कांग्रेसका सदस्य । सांसद ।’ लेखिएको छ ।

गान्धीले बुधबारमात्र कांग्रेस पार्टीको अध्यक्षबाट राजीनामा दिएका थिए । पछिल्लो आम निर्वाचनमा पार्टीको लज्जास्पद पराजयको जिम्मेवारी लिँदै राजीनामा दिएको गान्धीको भनाइ छ ।

यसअघि गत अप्रिल र मे महिनामा भएको आम निर्वाचनमा केबल ५२ सिट जितेको कांग्रेस पार्टीको अध्यक्षको पदबाट गान्धीले निर्वाचनको नतिजा सार्वजनिक भएलगत्तै राजीनामा दिने मनशाय देखाएपनि पार्टीभित्रैको दबाबका कारण उनले राजीनामा दिएका थिएनन् ।

यद्यपि बुधबार उनले दिएको राजीनामा अझै स्वीकृत नभइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पार्टीका केही प्रभावशाली नेताहरुले उनलाई अध्यक्षको जिम्मेवारी नछाड्न आग्रह समेत गर्दै आएको बताइन्छ ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ३ : ०४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै