सिद्धार्थनगर नगरपालिकाले फुटपाथ अतिक्रमण हटाउँदै « Khabarhub

सिद्धार्थनगर नगरपालिकाले फुटपाथ अतिक्रमण हटाउँदै


२२ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

भैरहवा – रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले सडक फुटपाथ अतिक्रमण हटाउन थालेको छ। फुटपाथ अतिक्रमणले नगर कुरूप देखिएको र सर्वसाधारणलाई हिँडडुल गर्न समस्या भएपछि नगरपालिकाको कार्यालयले अतिक्रमण हटाउन थालेको हो।

सडक फुटपाथ अतिक्रमण हटाउनका लागि नगरपालिकाले नगर प्रहरी परिचालन गरेको छ। पहिलो पटकका लागि नगर प्रहरी दैनिक खटिएर सडक फुटपाथ अतिक्रमण नगर्न आग्रह गरिरहेका छन्।

‘फुटपाथ अतिक्रमण गरेकालाई पहिलो पटकका लागि सचेत गराउँदै छौँ,’ सिद्धार्थनगर नगरपालिकाका नगर प्रहरी प्रमुख मनोज मल्लले भने, ‘अटेर गरेको अवस्थामा अतिक्रमण गरेर राखिएको सामग्री नियन्त्रणमा लिने गरेका छौँ।’

विशेष गरी व्यवसायीले बजार क्षेत्रको सडक फुटपाथ अतिक्रमण गरेका छन्। नगर प्रहरीले अतिक्रमण गरेर राखिएको सामग्री नगरपालिकाको कार्यालय ल्याउने गरेका छन्। नगरपालिकाको कार्यालयमा आएको सामग्री व्यवसायीले लिन आएको खण्डमा व्यवसाय दर्ता, बहाल कर, व्यवसाय नवीकरण गरे-नगरेको समेत पहिचान गर्ने गरिएको छ।

‘नियन्त्रणमा लिएको सामग्री व्यवसायीले लिन आएको अवस्थामा सम्बन्धित व्यवसायको कागजी विवरण समेत क्रस चेक गर्ने गरेका छौँ,’ सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले भने, ‘यदि कैफियत देखिएको अवस्थामा कानुन बमोजिम प्रक्रियामा लग्ने गरेका छौँ।’ उनले थपे– ‘सडक फुटपाथ अतिक्रमण हटाउने अभियानले सर्वसाधारणलाई सहज पनि भएको र राजश्व नबुझाएको व्यवसायीले राजश्व समेत बुझाउने थालेका छन्।’

व्यवसाय सम्बन्धी सबै कागजपत्र दुरुस्त भएको अवस्थामा अतिक्रमण गरेर राखिएको सामग्री नियन्त्रणको हकमा पहिलो पटकको लागि सचेत गराएर सामग्री दिने गरिएको उनको भनाइ छ। उनका अनुसार फुटपाथ अतिक्रमण हटाउने अभियान अन्तर्गत तीन दिनमा करिब ६० हजार रुपैयाँ राजश्व समेत संकलन भएको छ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार  ६ : ५२ बजे

मन्त्रिपरिषद् बैठक बस्दै, के छन् एजेन्डा ?

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्

मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

सर्लाही– सर्लाहीको रामनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ३१ हजार राजस्व सङ्कलन

काठमाडौँ– बितेका २४ घण्टामा एक हजार ६८७ सवारी चालक सवारी

संसद्‍मा आज प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने : अर्थमन्त्री वाग्लेले जवाफ दिने

काठमाडौँ – सरकारको नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नको जवाफ

ज्याकराण्डाले सिंगारियो लेकसाइडको गौरीघाट (तस्बिरहरु)

पोखरा– पर्यटकीय शहर पोखराको गौरीघाट क्षेत्र यतिबेला बैजनी रङका ज्याकरण्डा