रास्वपा सहमहामन्त्री श्रेष्ठ भन्छिन्‌ - सहकारी बचतकर्ता आन्दोलनमा सहभागी होऔं | Khabarhub Khabarhub

रास्वपा सहमहामन्त्री श्रेष्ठ भन्छिन्‌ – सहकारी बचतकर्ता आन्दोलनमा सहभागी होऔं


४ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री एवम्‌ सांसद्‌ सुमना श्रेष्ठले भोलि (मंसिर ५) मा सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले गर्न लागेको काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन आग्रह गरेकी छिन्‌ ।

मङ्गलबार साँझ सामाजिक सञ्‍जाल फेसबुकमा एक भिडियो पोष्ट गर्दै श्रेष्ठले सहकारी पीडितले गर्न लागेको काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन खुला अपील गरेकी हुन्‌ ।

‘बचतकर्ताहरूको रकम फिर्ता गराउने उद्देश्यसाथ राखिएको यस अभियानमा गैरदलीय पहिचानसहित शान्तिपूर्ण सहभागिताका लागि समस्त आम नेपाली नागरिकहरुमा हार्दिक आग्रह गर्दछु,’ श्रेष्ठले भनेकी छिन्‌ ।

स्मरण रहोस्‌; रास्वपाकै सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा अनुसन्धान निम्ति कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन्‌ ।

हाल फरार रहेका भनिएका जीबी राईसँगको साझेदारीमा खोलिएको गोर्खा मिडिया प्रालिमा सहकारी संस्थाहरूबाट रकम ल्याइ फिर्ता हिनामिना गरेको आरोपमा लामिछानेलाई कात्तिक २ गते प्रहरीले पार्टी कार्यालय चमतीबाटै पक्राउ गरी पोखरा लगेको थियो ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  ८ : ५३ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित