सडक अतिक्रमण हटाउँदै नगरपालिका « Khabarhub

सडक अतिक्रमण हटाउँदै नगरपालिका


२२ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– कपिलवस्तुको शिवराज नगरपालिकाले सडक अतिक्रमण गरेका संरचना हटाउन थालेको छ । नगरप्रमुख अजय थापाले यस क्षेत्रमा सडक अतिक्रमण गरेका संरचना र सामग्री हटाउन थालेको बताए । नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, नेपाल प्रहरी, ट्राफिक प्रहरीसहितको टोली अतिक्रमण भएको स्थानको पहिचान गरी सो कार्यमा खटिएका छन् ।

नगरपालिकाले पूर्व पश्चिम राजमार्ग र चन्द्रौटा कृष्णनगर सडक खण्ड मिचेर राखिएका ठेला गाडा हटाएको हो । एक दशकदेखि गरिएको अतिक्रमण हटाएको नगरप्रमुख थापाले बताए । मुख्य सडक र पेटी मिचेर राखिएका पसलका सामग्री ठेला गाडा तथा सडकमा पार्किङ गरी सवारीसाधन मर्मत गर्दा नगरको सुन्दरता बिग्रँदै गएको र सवारी दुर्घटनाको जोखिम बढेकाले अतिक्रमण गरिएका संरचना हटाइएको नगरप्रमुख थापाले बताए।

बजार क्षेत्रमा जथाभावी सवारी साधन पार्किङ गर्न समेत प्रतिबन्ध गरिएको छ । चन्द्रौटा बजारमा सडकमा सवारीसाधन पार्किङ र सवारी मर्मत गर्ने काम हुँदै आएको थियो । बुधबार सडक छेउमा पार्किङ गरिएको ट्रक र मोटरसाइकल हटाइएको छ । 

ठेला लगायत साना व्यापारी व्यवसायीलाई मात्र दुःख दिएको भन्दै केहीले नगरपालिकाले गरेको कामप्रति गुनासो गरेका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार  ४ : २० बजे

दलहरूलाई समानुपातिक बन्द सूची बुझाउने चटारो, यस्तो छ आयोगको माहोल (तस्बिरहरू) 

काठमाडौँ– २१ फागुनमा हुने निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची बुझाउने

रमेश लेखकले भने : जेन-जी आन्दोलनमा बल प्रयोग गर्न आदेश दिएको थिइनँ, घटनाको नैतिक जिम्मेवारी लिन्छु

काठमाडौं- तत्कालीन गृहमन्त्री रमेश लेखक जेन-जी आन्दोलनका क्रममा भएको घटना

यस्तो छ रमेश लेखकले आयोगमा दिएको ६ पृष्ठको लिखित बयान

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका

गाजामा आँधीका कारण जनजीवन जोखिममा, उद्धार कार्य प्रभावित

एजेन्सी– गाजा क्षेत्रमा आएको भीषण आँधीबेहरीका कारण एक बालक र