बैतडीको प्रसिद्ध निङ्गलाशैनी मन्दिरमा दर्शनार्थीको घुइँचो « Khabarhub

बैतडीको प्रसिद्ध निङ्गलाशैनी मन्दिरमा दर्शनार्थीको घुइँचो


२२ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौँस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आज दर्शनार्थीको घुइँचो लागेको छ । उक्त  मन्दिरमा जमानी जात्रा भएकाले दर्शनार्थीको घुइँचो लागेको स्थानीय दीपेन्द्र बोहराले जानकारी दिए ।

हरेक वर्षको मङ्सिर शुक्ल पूर्णिमाका दिन सो  मन्दिरमा जमानी जात्रा लाग्ने गरेको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मानबहादुर बोहराले बताए। जमानी जात्रामा निङ्गलाशैनी भगवतीको भण्डार प्रदर्शन गर्ने चलन रहिआएको छ । भगवतीको भण्डार प्रदर्शन हुने भएकाले टाढा-टाढाबाट समेत  भक्तजन दर्शनका लागि आउने गरेको बताइएको छ ।  हरेक वर्ष धान्य पूर्णिमाका दिन लाग्ने जात्रामा भगवतीको विशेष पूजाआजा हुने गरेको छ ।

जात्रामा भगवतीको दर्शनका लागि सीमावर्ती भारतीय क्षेत्रका दर्शनार्थीसमेत आउने गरेका छन् । जात्रामा निङ्गलाशैनी भगवतीको उत्पत्तिसँग जोडिएको ठाडो खेल र देउडासमेत खेल्ने गरिएको छ । अन्य समयमा लाग्ने जात्रामा मन्दिरमा पशुबलि हुने भए पनि यो जात्रामा कुनै प्रकारको बलि हुँदैन ।

जात्राअवधिभर देहिमाडौँ क्षेत्रमा मदिरा बेचबिखन तथा सेवनमा रोक लगाइएको छ । निङ्गलाशैनी भगवती मन्दिरमा चैतको नवरात्र, अनन्त चतुदर्शी, असोजको नवरात्र र धान्य पूर्णिमाका दिन विशेष पूजाआजासहित जात्रा लाग्ने गर्दछ ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार  ४ : ४२ बजे

भोटेकोशी बाढी : ५५३ जनाको शव भेटियो, एक हजार ४७३ को उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा परी

आज शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ १३ गते शनिबार सन् २०२६ अगष्ट

आज २०८३ साल भदौ १३ गते शनिबारको राशिफल

काठमाडौँ– २०८३ साल भदौ १३ गते शनिबार सन् २०२६ अगष्ट

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३