बैतडीको प्रसिद्ध निङ्गलाशैनी मन्दिरमा दर्शनार्थीको घुइँचो | Khabarhub Khabarhub

बैतडीको प्रसिद्ध निङ्गलाशैनी मन्दिरमा दर्शनार्थीको घुइँचो


२२ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौँस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आज दर्शनार्थीको घुइँचो लागेको छ । उक्त  मन्दिरमा जमानी जात्रा भएकाले दर्शनार्थीको घुइँचो लागेको स्थानीय दीपेन्द्र बोहराले जानकारी दिए ।

हरेक वर्षको मङ्सिर शुक्ल पूर्णिमाका दिन सो  मन्दिरमा जमानी जात्रा लाग्ने गरेको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मानबहादुर बोहराले बताए। जमानी जात्रामा निङ्गलाशैनी भगवतीको भण्डार प्रदर्शन गर्ने चलन रहिआएको छ । भगवतीको भण्डार प्रदर्शन हुने भएकाले टाढा-टाढाबाट समेत  भक्तजन दर्शनका लागि आउने गरेको बताइएको छ ।  हरेक वर्ष धान्य पूर्णिमाका दिन लाग्ने जात्रामा भगवतीको विशेष पूजाआजा हुने गरेको छ ।

जात्रामा भगवतीको दर्शनका लागि सीमावर्ती भारतीय क्षेत्रका दर्शनार्थीसमेत आउने गरेका छन् । जात्रामा निङ्गलाशैनी भगवतीको उत्पत्तिसँग जोडिएको ठाडो खेल र देउडासमेत खेल्ने गरिएको छ । अन्य समयमा लाग्ने जात्रामा मन्दिरमा पशुबलि हुने भए पनि यो जात्रामा कुनै प्रकारको बलि हुँदैन ।

जात्राअवधिभर देहिमाडौँ क्षेत्रमा मदिरा बेचबिखन तथा सेवनमा रोक लगाइएको छ । निङ्गलाशैनी भगवती मन्दिरमा चैतको नवरात्र, अनन्त चतुदर्शी, असोजको नवरात्र र धान्य पूर्णिमाका दिन विशेष पूजाआजासहित जात्रा लाग्ने गर्दछ ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार  ४ : ४२ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

राजविराज– हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भलुवा जाने बाँधको भित्री सडकखण्डमा आज

नेपालमा चौथो पटक एमपक्स पुष्टि

काठमाडौं– नेपालमा चौथो पटक एमपक्स (मङ्कीपक्स)  पुष्टि भएको छ ।

भरतपुर महानगरको बजेट पाँच अर्ब १९ करोड बढी

चितवन– भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि पाँच

इरानमाथि आक्रमणपछि अमेरिकी शहरहरूको सुरक्षामा कडाइ

वासिङ्टन– इरानका तीन वटा परमाणु स्थलमा आक्रमण भएपछि अमेरिकामा सुरक्षा

इरानमाथि आक्रमणपछि अमेरिकी शहरहरूमा उच्च सतर्कता

वासिङ्टन – इरानका तीनवटा परमाणु स्थलबमा आक्रमण भएपछि अमेरिकामा सुरक्षा