'विद्युत् खपत बढाउन सके आर्थिक विकास हुन्छ'  | Khabarhub Khabarhub

‘विद्युत् खपत बढाउन सके आर्थिक विकास हुन्छ’ 


२२ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले ऊर्जाको खपत बढाउन सके आर्थिक विकास गर्न सकिने बताएका छन् । आज यहाँ आयोजित फिन इलेक्ट्रो टेक-२०२२ प्रदर्शनीको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शर्माले मुलुकभित्रै विद्युत्को खपत बढाउनुपर्ने र यसले व्यापार घाटा कम गर्न समेत सहयोग गर्ने बताए । उनले विद्युत्को क्षेत्रमा भएको लगानीको प्रतिफल लिने समय आएको समेत बताए । 

उनले पछिल्लो समय कोरोना महामारी र रसिया-युक्रेन युद्धका असरका कारण लगानीमाथिको गुणात्मक प्रतिफल पाउन नसकिएको बताए । उनले विद्युत् बिक्री गर्नेभन्दा पनि खपतमा जोड दिनुपर्नेमा जोड दिए । ‘विद्युत् बेच्नु पर्दैन अब विद्युत् बेच्ने जमाना गए, स्वदेशमै विद्युत्को खपत बढाउनुपर्छ’, उनले भने ।

कार्यक्रममा बोल्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी दिनमा विद्युत् खपत बढ्दै जाँदा विद्युत्सम्बन्धी सामग्रीको बजार पनि बढ्ने बताए । भोलिका दिनमा १५ हजार मेगावाट विद्युत् खपत गर्न सकियो भने विद्युतीय सामग्रीसम्बन्धित बजारको पनि सुनिश्चितता हुने उनको भनाइ छ । 

‘बर्खायाममा विद्युत् निर्यात हुनु हाम्रो सफलता होइन, विद्युत् खपतबाटै समृद्धि हुन्छ । तर खपत नभएको विद्युत् खेर फाल्नुभन्दा निर्यात गर्नुपर्छ’, उनले भने। 

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विद्युत् उत्पादन गर्ने कम्पनीहरूले यस क्षेत्रमा गरेको अर्बौ लगानी बचाउन सरकारसँग आग्रह गरे । ‘पूर्वाधारको अभावमा विद्युत् प्रयोग गर्न सकिएको छैन । अर्बौँ लगानीका आयोजनाको पिपिए हुनसकेको छैन’, उनले भने। 

‘नेपालको समृद्धि, ऊर्जा खपत अभिवृद्धि’ नारासहित फिन इलेक्ट्रो टेक २०२२ प्रदर्शनी आजदेखि सुरु भएको हो । प्रदर्शनी मङ्सिर २५ गतेसम्म चल्नेछ । 

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार  ५ : ३० बजे

खैरो हिरोइनसहित भद्रपुरबाट दुई जना पक्राउ

भद्रपुर– झापाको भद्रपुर भन्सार चोकबाट लागूऔषध खैरो हिरोइनसहित दुई जना

 निर्वाचन प्रणाली बदल्नुपर्छ : सांसद शाही

काठमाडौं– सांसदहरूले निर्वाचन प्रणाली बदलेर नयाँस्वरूपमा जानुपर्नेमा जोड दिएका छन्

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

राजविराज– हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भलुवा जाने बाँधको भित्री सडकखण्डमा आज

नेपालमा चौथो पटक एमपक्स पुष्टि

काठमाडौं– नेपालमा चौथो पटक एमपक्स (मङ्कीपक्स)  पुष्टि भएको छ ।

भरतपुर महानगरको बजेट पाँच अर्ब १९ करोड बढी

चितवन– भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि पाँच