बिहे भोजमा प्रयोग भएको पानीमा हैजाको जीवाणु | Khabarhub Khabarhub

बिहे भोजमा प्रयोग भएको पानीमा हैजाको जीवाणु


२२ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

तानसेन – पाल्पाको बगनासकालीमा बिहे भोजमा प्रयोग भएको पानी दूषित रहेको प्रयोगशालाबाट पुष्टि भएको छ । बिहेको भोजमा खाना पकाउन प्रयोग भएको पानीमा हैजा फैलाउने जीवाणु ‘कोलिफर्म’ भेटिएको स्वास्थ्य कार्यालय पाल्पाले जानकारी दिएको छ । गएको शनिबार बिहे भोज खाएपछि पाल्पा र प्यूठानका एक सय ५० जना बिरामी परेका थिए ।

बिहेको भोजमा दुई वटा ड्रमको पानी प्रयोग भएको थियो । त्यसमध्ये एउटामा कोलिफर्म जीवाणु भेटिएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन मधुसुधन भट्टराइले जानकारी दिए ।

बगनासकाली–१ घोरबन्दाका दानबहादुर गाहाको छोरीको बिहेमा भोज खाएर एक सय ५० बढी बिरामी भएका थिए । प्यूठानबाट आएका जन्ती र पाल्पाका गाउँले र आफन्त बिरामी भएका थिए । उनीहरुलाई पेट दुख्ने, बान्ता आउने, पखाला लाग्ने, टाउको दुख्ने, ज्वरो आउने भएको थियो ।

बिरामीमध्ये ३४ जना पाल्पा मिसन अस्पतालमा उपचार गराएका थिए । बिरामीको दिसा परीक्षणमा पनि आउँको किटाणु देखिएको थियो । चिकित्सकले पनि आउँको किटाणु देखिएपछि पानीकै खराबी भएको हुनसक्ने बताएका थिए ।

बिहे भोजमा प्रयोग भएको खानेकुराको भने परीक्षण गरिएको थिएन । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पाल्पाले खानेकुरा सडेका कारण परीक्षण नगरेको जनाएको छ । कार्यालयका प्रमुख नरेश श्रेष्ठका अनुसार ढिलो गरी सूचना पाएकाले खानेकुराको परीक्षण नगरिएको बताए ।

बिरामी भएको गाउँमा बगनासकाली गाउँपालिका स्वास्थ्य शाखाले घरघरमा स्वास्थ्यकर्मी खटाएर एक सय बढीको उपचार गरेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले जानकारी दिए।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार  ९ : ५६ बजे

सर्वोच्चले पनि नछोडेका रविको पक्षमा हस्ताक्षर गर्न पुगे विपिन कार्की

काठमाडौं- सहकारी ठगी प्रकरण जस्तो गम्भीर आरोपमा सर्वोच्च अदालतले समेत

पाँच दिनभित्र ‘भिजिट भिसा’ प्रकरणबारे छानबिन संयन्त्र बन्छ : महेश बर्तौला

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले

जम्मा ११० जनाले हेरे दिलीपको फिल्म ‘हेल्लो काँशीराम’

काठमाडौं – नायक दिलीप रायमाझी अभिनित फिल्म ‘हेल्लो काँशीराम’ बक्स

कर्णाली प्रदेशसभाको बैठक स्थगन

कर्णाली– प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले अवरोध गरेपछि