पानीमा ‘कोलिफर्म’ भेटियो | Khabarhub Khabarhub

पानीमा ‘कोलिफर्म’ भेटियो


२३ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बुटवल – पाल्पाको बगनासकाली गाउँपालिका–१ चिर्तुङ्गधारास्थित घोरबन्दमा बिहे भोजमा प्रयोग भएको पानीमा मानव स्वास्थ्यका लागि हानीकारक कोलिफर्म भेटिएको छ।

ल्याव टेस्ट पछि बिहेमा प्रयोग गरिएको पानीमा कोलिफर्म भेटिएको प्रयोगशालाबाट पुष्टि भएको छ। बिहेको भोजमा प्रयोग भएको एउटा ड्रमको पानीमा कोलिफर्म भेटिएको स्वास्थ्य कार्यालय पाल्पाले जानकारी दिएको छ।

बिहेको भोजमा दुई वटा ड्रमको पानी प्रयोग भएको थियो। त्यसमध्ये एउटामा कोलिफर्म जीवाणु भेटिएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन अधिकृत मधुसुधन भट्टराइले बताए। ड्रमकै पानीमा फोहोर भेटिएको र परीक्षणमा कोलिफर्म भेटिएको उनले बताए।

गत शनिबार घोरबन्दाका स्थानीय दानबहादुर गाहाको छोरीको बिहेमा भोज खाएका एक सय ८० जना बिरामी भएका थिए। चिर्तुङ्गधाराका एक सय ३५ र प्युठानबाट जन्ती आएका ४५ जना बिरामी भएको बगनासकाली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले बताए।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ७ : ११ बजे

माओवादीले मध्यपहाडी लोकमार्ग अभियान लमजुङबाट सुरू गर्ने

काठमाडौं- नेकपा माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानलाई भदौ दोस्रो

माओवादीले लोकमार्ग केन्द्रित अभियानलाई भदौ दोस्रो सातापछि सुरु गर्ने

काठमाडौं– नेकपा माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानलाई भदौ दोस्रो

नहरले बगाउँदा वृद्धको मृत्यु

रामपुर– रामपुर नगरपालिकामा रामपुर नहर फाँट सिँचाइ जल उपभोक्ता आयोजनाको नहरले

‘एमाले फुटाउनेहरू पश्‍चाताप गर्न थाले, पार्टी चलाउन सकिँदैन भन्‍न थाले’

काठमाडौं- नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विभाजनका कारण आफूहरू दोस्रो

कृषिमन्त्रीले भने- १० वर्ष यताकै सबैभन्दा धेरै रासायनिक मल आयात गरेका छौँ 

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले यस वर्ष विगतको