नेपाल-कुवेत कूटनीतिक सम्बन्ध स्थापनाको अवसरमा कार्यक्रम सम्पन्न « Khabarhub

नेपाल-कुवेत कूटनीतिक सम्बन्ध स्थापनाको अवसरमा कार्यक्रम सम्पन्न


२३ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

दोहा – नेपाल-कुवेत कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सवको अवसरमा नेपाली दूतावास कुवेत र कुवेतमा रहेका नेपालीहरूको संयुक्त आयोजनामा कुवेत सिटीमा एक कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमको प्रमुख अतिथि कुवेत सरकार, परराष्ट्र मन्त्रालयका आर्थिक मामिलाका लागि सहायक विदेश मन्त्री सामी अब्दुलअजीज अल-हमद, कुवेतका लागि नेपाली राजदूत  दुर्गाप्रसाद भण्डारी तथा कुवेतस्थित कूटनीतिज्ञ जुबैदुल्लो जुबेदोभले संयुक्त रूपमा पानसमा बत्ती बाली कार्यक्रमको उद्घाटन गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत भण्डारीले नेपाल र कुवेतबीच रही आएको दुई पक्षीय सम्बन्ध, यसमा भएको विकास एवं विस्तार, स्वर्ण जयन्ती वर्षमा दूतावासले गरेका कार्य, दुई देशबीच भएको उच्चस्तरीय संवाद, दुई पक्षीय सम्बन्धका विस्तारका क्षेत्रमा भएका प्रगतिहरू, यस प्रक्रियामा प्राप्त भएको सहयोग आदिबारे चर्चा गरेका थिए।

कार्यक्रममा स्थानीय नेपाली कलाकारहरूको सांगितिक प्रस्तुति एवं ‘विविधतामा एकता, नेपालको विशेषता’ मूल शीर्षक अन्तर्गत नेपालका विभिन्न जातजाति एवं समुदायका भेष भूषाको प्रस्तुति निकै रोचक रहेको थियो।

कार्यक्रममा कुवेतमा रहेको कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू, सरकारी निकायका पदाधिकारीहरू, व्यापारी समुदायका सदस्यहरू, स्थानीय नागरिक, पत्रकार लगायत नेपाली समुदायका सदस्यहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको अन्त्यमा आयोजित रात्रि भोजमा नेपाली खानाका परिकार पनि व्यवस्था गरिएको थियो। नेपाल र कुवेतबीच सन् १९७२ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ९ : ०६ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००