च्याउ खेतीतर्फ किसानको आकर्षण बढ्दो  « Khabarhub

च्याउ खेतीतर्फ किसानको आकर्षण बढ्दो 


२३ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

लमजुङ– दोर्दी गाउँपालिकाका किसानहरू च्याउ खेतीतर्फ आकर्षित हुन थालेका छन् । उनीहरूले गाउँपालिकाको सहयोगमा व्यावसायिक रूपमा च्याउ खेती थालेका हुन् । परालको डल्लो बनाएर अँध्यारो कोठामा गरिने कन्ये च्याउको खेती गर्न किसानहरू आकर्षित हुन थालेपछि गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा बीउ वितरण गर्न थालेको छ । 

गाउँपालिकाको कृषि शाखामा कार्यरत कृषि प्राविधिक सहायक निराजन पौडेलका अनुसार मागका आधारमा कन्ये च्याउको बीउ ७५ प्रतिशत अनुदानमा वितरण गर्न थालिएको हो । दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले किसानलाई च्याउ खेतीतर्फ आकर्षित बनाउन किसानलाई ७५ प्रतिशत अनुदानमा बीउ वितरण गरिएको बताए ।

स्वास्थ्यका लागि निकै फाइदा हुने र आफ्नै गाउँघरमा उत्पादन गरी उपभोग गर्न सकिने भएकाले ग्रामीण भेगका किसानलाई च्याउको बीउ वितरण गरिएको उनले बताए । कतिपय किसानले यसअघि च्याउ खेतीसम्बन्धी तालिम पाइसकेका छन् । कतिपयले देखासिखीको आधारमा च्याउ खेती गर्न सकिने बताएका छन् । 

दोर्दी गाउँपालिकाले चालू आर्थिक वर्षमा कृषि क्षेत्र आधुनिकीकरण तथा व्यवसायिक परियोजनाअन्तर्गत विशेष अनुदान कार्यक्रम राखेको छ । यो कार्यक्रमबाट नयाँ व्यवसाय प्रवर्द्धन कार्यक्रमअन्तर्गत मह उत्पादन, माछापालन र च्याउ खेतीको तीनवटा कार्यक्रमका लागि दुई लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । नयाँ व्यवसाय प्रवर्द्धनअन्तर्गत च्याउ खेतीका लागि च्याउको बीउ खरिद गर्न गाउँपालिकाले ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको हो ।

किसानले यसमा १२ हजार पाँच सय रुपैयाँ लागत साझेदारी जुटाएका छन् । यसबाट च्याउका बीउ खरिद गरी वितरण गर्न थालिएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  २ : ०५ बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सर्लाही– यहाँको बलरा नगरपालिका–१० सुदमामा मोटरसाइकल दुर्घटना हुँदा रामनगर गाउँपालिकाका

ओलीको कटाक्ष : देशका चर्चित भनिएका मानिसहरू नसामा भेटिन्छन्

काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशका चर्चित भनिएका

जेन-जी आन्दोलनकामा आगजनी गरिएको कांग्रेस कार्यालय पुनः निर्माण गरिँदै (तस्बिरहरू) 

काठमाडौं– भाद्र २४ गते जेन-जी आन्दोलनका क्रममा आगजनी गरिएको ललितपुरको सानेपास्थित

१७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती

एजेन्सी – सत्र वर्ष लामो निर्वासनपछि बङ्गलादेश नेसनालिस्ट पार्टी (बिएनपी) का

ज्याला उठाउनै मुस्किल भएपछि गलैँचा बुन्न छाड्दै महिला

मलेखु– यहाँको नीलकण्ठ नगरपालिका–८, ज्यामिरेकी देवकी श्रेष्ठले एक वर्षअघि तीन