च्याउ खेतीतर्फ किसानको आकर्षण बढ्दो  « Khabarhub

च्याउ खेतीतर्फ किसानको आकर्षण बढ्दो 


२३ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

लमजुङ– दोर्दी गाउँपालिकाका किसानहरू च्याउ खेतीतर्फ आकर्षित हुन थालेका छन् । उनीहरूले गाउँपालिकाको सहयोगमा व्यावसायिक रूपमा च्याउ खेती थालेका हुन् । परालको डल्लो बनाएर अँध्यारो कोठामा गरिने कन्ये च्याउको खेती गर्न किसानहरू आकर्षित हुन थालेपछि गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा बीउ वितरण गर्न थालेको छ । 

गाउँपालिकाको कृषि शाखामा कार्यरत कृषि प्राविधिक सहायक निराजन पौडेलका अनुसार मागका आधारमा कन्ये च्याउको बीउ ७५ प्रतिशत अनुदानमा वितरण गर्न थालिएको हो । दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले किसानलाई च्याउ खेतीतर्फ आकर्षित बनाउन किसानलाई ७५ प्रतिशत अनुदानमा बीउ वितरण गरिएको बताए ।

स्वास्थ्यका लागि निकै फाइदा हुने र आफ्नै गाउँघरमा उत्पादन गरी उपभोग गर्न सकिने भएकाले ग्रामीण भेगका किसानलाई च्याउको बीउ वितरण गरिएको उनले बताए । कतिपय किसानले यसअघि च्याउ खेतीसम्बन्धी तालिम पाइसकेका छन् । कतिपयले देखासिखीको आधारमा च्याउ खेती गर्न सकिने बताएका छन् । 

दोर्दी गाउँपालिकाले चालू आर्थिक वर्षमा कृषि क्षेत्र आधुनिकीकरण तथा व्यवसायिक परियोजनाअन्तर्गत विशेष अनुदान कार्यक्रम राखेको छ । यो कार्यक्रमबाट नयाँ व्यवसाय प्रवर्द्धन कार्यक्रमअन्तर्गत मह उत्पादन, माछापालन र च्याउ खेतीको तीनवटा कार्यक्रमका लागि दुई लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । नयाँ व्यवसाय प्रवर्द्धनअन्तर्गत च्याउ खेतीका लागि च्याउको बीउ खरिद गर्न गाउँपालिकाले ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको हो ।

किसानले यसमा १२ हजार पाँच सय रुपैयाँ लागत साझेदारी जुटाएका छन् । यसबाट च्याउका बीउ खरिद गरी वितरण गर्न थालिएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  २ : ०५ बजे

त्रिशूली ३ ‘ए’ मा छिचोलियो टनेल: अक्सिजन र लाइट पठाइयो, आज मानिस छिर्ने प्वाल बनाइँदै

काठमाडौँ – रसुवा र नुवाकोटको सीमामा रहेको त्रिशूली ३ ‘ए’

बाढीप्रभावित क्षेत्रमा अनुमतिविना ड्रोन उडाउन रोक, अटेर गरे कारबाही हुने

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीप्रभावित

कृष्णभीरमा बाटो भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ — धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा बाढीका कारण

चीनले नेपाललाई राहत सामग्री पठायो, दुई सैन्य विमान काठमाडौँमा अवतरण

काठमाडौँ- रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित

मेसीको चार गोलमा मियामीको ऐतिहासिक जित, मोन्ट्रियल ७-१ ले पराजित

काठमाडौँ – लियोनेल मेसीको उत्कृष्ट चार गोलको मद्दतले इन्टर मियामीले