मोतिबिन्दुका बिरामीको निःशुल्क उपचार | Khabarhub Khabarhub

मोतिबिन्दुका बिरामीको निःशुल्क उपचार


२३ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भालुवाङ– गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा लमही आँखा अस्पताल लमहीको प्राविधिक सहयोगमा ५३ मोतिबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलले  गाउँपालिकाले पालिकाभरि आँखामा समस्या भएका बिरामीको पहिचान गरी निःशुल्क उपचार तथा मोतिबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया सेवा थालनी गरेको जानकारी दिए ।  

उज्यालो अभियान साझेदारी कार्यक्रमअन्तर्गत अहिलेसम्म गढवाको वडा नम्बर ४, ५, ६, ७ मा निःशुल्क आँखा शिविर सञ्चालन भइसकेको छ भने बाँकी वडामा निःशुल्क शिविर सञ्चालनका लागि व्यवस्थापन भइरहेको छ । 

लमही आँखा अस्पतालका प्रमुख प्रशासकीय अधिकृत शमशेर थापाले आगामी दिनमा यस क्षेत्रका पालिकासँग स्वास्थ्यसँग सम्बन्धित अन्य रोगका बारेमा निःशुल्क शिविर सञ्चालन गर्नेबारे समन्वय भइरहेको बताए । गढवाले आँखा कार्यक्रमका लागि १५ लाख रुपैयाँ छुट्याइएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ३ : ५३ बजे

मिथेन ग्यास र धौवादी फलामको उत्खननबारे ब्रिफिङः छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्यास उत्खनन र

‘दुश्मन हेरेको हेर्‍यै’ १० करोडले हेरेपछि ओलीले दुर्गशलाई दिए बधाई

काठमाडौं – गायक दुर्गेश थापाको लोकप्रिय गीत ‘दुश्मन हेरेको हेर्‍यै’

चिया निर्यात ४० प्रतिशतले बढ्यो

झापा – मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को

अमेरिकी आक्रमणबाट इरानमा कति भयो क्षति ?

दुबई – संयुक्त राज्य अमेरिकाले आइतबार इरानका प्रमुख आणविक स्थापनाहरूमा

खेलाडी उत्पादन गर्दै रामपुर नगरपालिका

पाल्पा – खेलक्षेत्रको विकास गर्न रामपुर नगरपालिकाले खेलाडी उत्पादनमा जोड