मोतिबिन्दुका बिरामीको निःशुल्क उपचार « Khabarhub

मोतिबिन्दुका बिरामीको निःशुल्क उपचार


२३ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भालुवाङ– गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा लमही आँखा अस्पताल लमहीको प्राविधिक सहयोगमा ५३ मोतिबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलले  गाउँपालिकाले पालिकाभरि आँखामा समस्या भएका बिरामीको पहिचान गरी निःशुल्क उपचार तथा मोतिबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया सेवा थालनी गरेको जानकारी दिए ।  

उज्यालो अभियान साझेदारी कार्यक्रमअन्तर्गत अहिलेसम्म गढवाको वडा नम्बर ४, ५, ६, ७ मा निःशुल्क आँखा शिविर सञ्चालन भइसकेको छ भने बाँकी वडामा निःशुल्क शिविर सञ्चालनका लागि व्यवस्थापन भइरहेको छ । 

लमही आँखा अस्पतालका प्रमुख प्रशासकीय अधिकृत शमशेर थापाले आगामी दिनमा यस क्षेत्रका पालिकासँग स्वास्थ्यसँग सम्बन्धित अन्य रोगका बारेमा निःशुल्क शिविर सञ्चालन गर्नेबारे समन्वय भइरहेको बताए । गढवाले आँखा कार्यक्रमका लागि १५ लाख रुपैयाँ छुट्याइएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ३ : ५३ बजे

मुक्कुमलुङ/पाथीभरा केबलकार रोक्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– मुक्कुमलुङ/पाथीभरा क्षेत्रमा केबलकार निर्माण रोक्न माग गर्दै सोमबार काठमाडौंको

प्रधानमन्त्रीलाई रुलिङ नगरेका सभामुखले संसद्‍मा ल्याउन संवाद गर्ने

काठमाडौं- संसद्लाई बेवास्ता गरिरहेका प्रधानमन्त्री वालेन्द्र शाहसँग सभामुख डोलप्रसाद अर्यालले

बादलले बोलेका यी तीन शब्द रेकर्डबाट हटाउन लगाए सभामुखले

काठमाडौं- सभामुख डोलप्रसाद अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर

सरमत मिसाइल परीक्षणमा पुटिनको प्रशंसा

एजेन्सी– रुसले आफ्नो रणनीतिक क्षमतामा ठूलो उपलब्धि हासिल गरेको दाबी

हर्क भन्छन् : प्रधानमन्त्रीले संसद्‍बाट जनताका प्रश्नको उत्तर दिनु पर्छ

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्लाई औपचारिकतामा मात्रै