बेसार प्रशोधन केन्द्रका लागि जापानको सहयोग « Khabarhub

बेसार प्रशोधन केन्द्रका लागि जापानको सहयोग


२३ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जापान सरकारले प्युठानमा बेसार प्रसोधन केन्द्र स्थापनाका लागि अनुदान सहयोग गरेको छ । जापानिज राजदूतावासको ग्राण्ट असिस्टेन्स फर ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्ट (जिजीपी) अन्तर्गत एक करोडको वित्तीय अनुदान सहयोग रहेको छ । प्युठान नगरपालिका र नेपाल स्वयंसेवक राष्ट्रिय समूहमार्फत उक्त कार्यक्रम अघि बढाइएको हो ।

प्रशोधन केन्द्र निर्माण तथा कृषि उपकरण सहयोगका लागि आज जापानिज दूतावासमा आयोजित एक कार्यक्रममा अनुदान सम्झौतामा हस्ताक्षर भएको छ । नेपालका लागि जापानी राजदूत किकुता युताका र स्वयंसेवी नेपाल राष्ट्रिय समूहका अध्यक्ष शिव रिमालले हस्ताक्षर गरेका छन् ।

सो अवसरमा राजदूत युताकाले प्रशोधन केन्द्र र कृषि उपकरणका लागि प्रदान गरिने सहयोगमार्फत ग्रामीण कृषि उत्पादन प्रवर्द्धनमा परियोजनाले सहयोग पुग्ने भन्दै उपकरणको भविष्यमा समेत भरपुर उपयोग हुने विश्वास व्यक्त गरे । उनले यो परियोजना उद्योग प्रवर्द्धनका लागि मात्र नभई नेपाल र जापानबीचको मैत्री सम्बन्ध विस्तारमा समेत योगदान पुर्‍याउने उल्लेख गरे ।

बेसार प्रशोधन केन्द्र निर्माण गरेर प्यूठान नगरपालिका र त्यहाँका सहकारीमार्फत समुदायलाई हस्तान्तरण गरिने योजना रहेको स्वयंसेवी समूहका अध्यक्ष रिमालले बताए । परियोजनाले कृषकको आम्दानी र पेसाप्रति प्रोत्साहन गर्न सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गरे ।

यो परियोजनाले बेसारको उत्पादन, प्रशोधन र व्यावसायिकरणका लागि कृषि उपकरण तथा प्रशोधन केन्द्र स्थापनाका लागि सघाउने नेपालस्थित जापानी राजदूतावासले जनाएको छ । परियोजनाको व्यवस्थापन प्युठान नगरपालिका-८ का स्थानीय किसान र स्वयंसेवी नेपाल राष्ट्रिय समूहले गर्ने दूतावासले जनाएको छ । बेसारको बजारीकरण गर्न नसक्दा नेपाली किसानले मनग्य आम्दानी गर्न सकिरहेका छैनन् । 

परियोजनाले बेसार उत्पादनको मात्रा बढाउनुका साथै जिल्लाका किसानको जीविकोपार्जनमा सुधार ल्याउने जापानी दूतावासले विज्ञप्तिमा उल्लेख गरेको छ ।

नेपालमा बेसार खेती राम्रो हुने जिल्लाहरूमा सल्यान, जाजरकोट, प्युठान, दैलेखलगायत पर्छन् । उत्पादित सामग्रीको प्रशोधन र व्यवस्थित बजारको अभावमा व्यावसायिक लाभ लिन नसकिएको जनाइएको छ । परियोजनाअन्तर्गत बेसार उत्पादनमा प्रत्यक्षरूपमा कृषकलाई संलग्न गराई बजार पहुँच विस्तार गर्ने कार्यमा पनि आवश्यक सहयोग गरिने जनाइएको छ ।


प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ६ : २५ बजे

आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले दिए राजीनामा

काठमाडौं– नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले पदबाट राजीनामा

राजा चार्ल्सको सम्बोधनमा स्टार्मरको परीक्षा

एजेन्सी– बेलायतका राजा चार्ल्स तृतीयले आगामी वर्षका लागि सरकारको कानूनी

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक दोस्रो पटक स्थगित

काठमाडौं – विपक्षी दलको निरन्तर अवरोधका कारण प्रतिनिधिसभा बैठक दोस्रो

सिंहदरबारभित्रै संसद् लाइभ हेरेर बसेका छन् प्रधानमन्त्री वालेन्द्र

काठमाडौं-प्रधानमन्त्री वालेन्द्र शाहले संसद्लाई बेवास्ता गरेर अस्वभाविक व्यवहार देखाइरहेका छन्