एमालेले सरकार नबनाए मुलुकमा थप अस्थिरता निम्तिने चेतावनी | Khabarhub Khabarhub

एमालेले सरकार नबनाए मुलुकमा थप अस्थिरता निम्तिने चेतावनी


२३ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल निजामती कर्मचारी संगठनले एमालेले सरकार नबनाए मुलुकमा थप अस्थिरता निम्तिने चेतावनी दिएको छ । संघीय संसदमा दोस्रो ठूलो दल बनेपनि सरकार निर्माणका लागि अग्रसर हुन संगठनले एमालेलाई सुझाव दिएको छ ।

संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाले शुक्रबार बुटवलमा आयोजित कार्यक्रममा मुलुकलाई आर्थिकरुपले टाट पल्टिनबाट जोगाउन र थप अस्थिरता हुन नदिन एमालेले नेतृत्वको लागि पहलकदमी लिनुपर्ने बताए । ‘कतिपय नेताले निर्वाचनको जनादेशका आधारमा एमाले प्रतिपक्षीको भूमिकामा बस्ने भनेर पनि तर्क गरेका छन्, त्यसो हो भने अहिलेको सरकारको नेतृत्व ९३ जना सांसद भएको दललाई प्रतिपक्षमा राखेर ६३ जना सांसद भएको दलले किन गर्‍यो ?, काङ्ग्रेसप्रति लक्षित गर्दै उनले भने, बहुमत कसैको नआएकाले दोस्रो ठूलो दलको हैसियतले अन्य राजनीतिक दललाई पनि सहमतिमा ल्याएर एमालेले सरकारको नेतृत्व गर्नुपर्छ ।’

रूपन्देहीबाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सांसदहरुमा सम्मानमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा अध्यक्ष कोइरालाले एमाले र माओवादी एकीकरण भई बनेको नेकपा फुट्दा र पछिल्लो समय एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीका कारण पनि निर्वाचनमा ठूलो मूल्य चुकाउनुपरेको भन्दै फेरि एकताको लागि पहल गर्न आग्रह गरे । 

एकताका लागि एमाले, माओवादी, समाजवादी सबैले मेरो गोरुको बाह्रै टक्का नभनी सहमतिको बिन्दु पहिल्याउनुपर्ने उनको जोड छ । ‘मेरो गोरुको बाह्रै टक्का भनेर एकता हुँदैन, सहमतिको मिलनबिन्दु खोज्नुहोस् र एकता गरी सरकार निर्माण गरेर मुलुकलाई स्थिरता दिनुहोस्’  उनले भने ।

उनले आफूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरी एकताको लागि पहलकदमी लिन आग्रह  गरेको पनि बताए । उनले फुटको सामान्य असर कर्मचारी संगठनमा पनि परेको भन्दै आ-आफ्नो हठ र जिद्दी छाडेर अघि बढ्ने हो भने एकता फेरि पनि सम्भव रहेको जिकिर गरे । मुलुकलाई विकास र स्थिरताको बाटोमा डोर्‍याउनका लागि पनि अव बामपन्थी शक्ति मिल्नुपर्छ, उनले भने ।

अध्यक्ष कोइरालाले संघीय संसद्ले पाँच वर्षे कार्यकाल पूरा गर्दा पनि एउटा संघीय निजामती ऐन ल्याउन नसकेको भन्दै अबको संसद्ले छिटै ऐन ल्याउने विश्वास व्यक्त गरे । ‘संघीय संसद्ले पाँच वर्षे कार्यकाल व्यतीत गर्‍यो, तर एउटा संघीय निजामती ऐन ल्याउन सकेन, प्रदेश सांसदहरुले पनि ऐन ल्याउन सकेनन्,’ उनले भने, ‘कर्मचारीहरूको एउटै माग छ, संघीय र प्रदेश निजामती ऐन तत्काल ल्याइयोस् र कर्मचारीहरुको वृत्ति विकासमा देखिएका विद्यमान समस्या हल गरियोस् ।’

त्यस अवसरमा एमाले पोलिटब्युरो सदस्य तथा प्रदेशसभा सदस्य लिला गिरीले विगतका कामहरूको समीक्षा गर्दै र कमीकमजोरी सुधार गर्दै आगामी कार्यभार पूरा गर्नेतर्फ सबै लाग्नुपर्ने बताए । उनले प्रदेशको राजधानी रातारात सार्नु गलत भएको भन्दै पूर्वाधार निर्माण भएपछि मात्र राजधानी लैजाने कुरामा आफूहरूको विमती नरहेको बताए ।

एमाले केन्द्रीय सदस्य प्रदेशसभा सदस्य भूमिश्वर ढकालले निर्वाचनको दौरानमा कर्मचारीले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि पार्टी, सरकार र कर्मचारीबीचको समन्वयबाट धेरै काम गर्न सकिने बताए । प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेले सुशासन कायम गर्ने कुरामा कर्मचारीहरूको भूमिका महत्वपूर्ण हुने भन्दै अव हरेक कार्यालय भ्रष्टाचारको। अखडा होइन, सुशासनको अखडाका रुपमा चिनाउने गरी काम गर्न कर्मचारीहरूलाई आग्रह गरे ।

कार्यक्रममा सङ्गठनका केन्द्रीय सदस्य एवं रूपन्देही इन्चार्ज नारायणप्रसाद भण्डारी, रूपन्देही अध्यक्ष प्रेम खनाल, उपाध्यक्ष थानेश्वर घिमिरे, सचिव जीवन पौडेललगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ७ : १७ बजे

‘रुसमा ३५ नेपालीको मृत्यु भइसक्यो, प्रधानमन्त्री र परराष्ट्रमन्त्री के गर्दै हुनुहुन्छ ?’

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले रुसी सेनामा गएका ३५

सामुदायिक पुस्तकालयको बागमती प्रदेश सम्मेलन सम्पन्न

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोग तथा नेपाल सामुदायिक

कैदीले सीप सिकाए, लिम्बू दम्पती व्यवसायी बने

काठमाडौं– कर्म गर्ने लक्ष्य लिए जति विघ्नबाधा आए पनि मानिस

भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका बेचन झा पक्राउ

भारतमा सूचना प्रविधि सेवाको क्षेत्र ६.६ प्रतिशतले वृद्धि

काठमाडौं– भारतमा सूचना प्रविधि सेवाको क्षेत्र सन् २०२३ मा ६