नक्कली लाइसेन्स बनाउने गिरोहका ४ जना पक्राउ | Khabarhub Khabarhub

नक्कली लाइसेन्स बनाउने गिरोहका ४ जना पक्राउ


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउने गिरोहका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखा र महानगरीय ट्राफिक प्रहरी महाशाखाको संयुक्त टोलीले विशेष सूचनाको आधारमा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रामेछाप नगरपालिका–५ का ४० वर्षीय मुनाल कुमार मोक्तान, सिन्धुपाल्चोक सानो सिरुबारी–२ ३८ वर्षीय राजेशकुमार श्रेष्ठ, काठमाडौं महानगरपालिका–८ का ३८ वर्षीया राधेश्याम नगरकोटी र काठमाडौं, कागेश्वरी मनहरा नगरपालिका–१ का २७ वर्षीय रुपेन्द्र दर्जी रहेका छन् ।

उनीहरुको साथबाट यातायत ब्यबस्था विभागको नगदी रसिद ६० थान, कम्प्युटर, प्रिन्टर, अंग्रेजी मिति लेखिएको रबर स्टयाम्प, पेन ड्राईभ, पि.भी. सि. पेपर, विभिन्न व्यक्तिहरुको नागरिकता, यातायात व्यवस्था कार्यालयको अंग्रेजी छाप समेत बरमाद गरेको छ ।

पक्राउ परेका उनीहरुलाई उनीहरुलाई कारबाहीको लागी महानगरीय प्रहरी परिसर काठमाण्डौं पठाइएको छ ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ५ : १६ बजे

विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्यमा पौडेल नियुक्त

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको सदस्यमा इञ्जिनियर रोहित

तेहरानमा हालसम्मकै शक्तिशाली आक्रमण गरेको इजरायलको दाबी

तेहरान – इजरायलले सोमबार इरानको राजधानी तेहरानमा स्थित इरानी सेनाको

हदबन्दी माथिको जग्गा अनियमितता गर्नेलाई कारबाही हुन्छः मन्त्री अधिकारी

काठमाडौं – भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले

घरेलु मदिराको बजारीकरण विशेष प्राथमिकतामा छः उद्योगमन्त्री भण्डारी

काठमाडौं – सरकारले घरेलु मदिराको बजारीकरण गरी आर्थिक उपार्जनका लागि

श्रीलंकामा आर्थिक सुधारको संकेत, महँगीदर ०.६ प्रतिशतमा सीमित

कोलम्बो – श्रीलंकामा उपभोक्ता मूल्य सूचकांक (कोलम्बो उपभोक्ता मूल्य सूचकांक)