शिक्षा विकासको पहिलो शर्त : प्रदेश प्रमुख खापुङ « Khabarhub

शिक्षा विकासको पहिलो शर्त : प्रदेश प्रमुख खापुङ


२४ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

उर्लाबारी– प्रदेश नं १ का प्रदेश प्रमुख पर्शुराम खापुङले शिक्षा विकास निर्माणको पहिलो शर्त भएको बताएका छन् ।

आज मोरङको उर्लाबारी नगरपालिकामा सुनपकुवा माध्यमिक विद्यालयको ६५औँ वार्षिकोत्सवमा बोल्दै उनले सामुदायिक विद्यालयको गुणस्तर बढाउन र विद्यार्थी तथा अभिभावकलाई आकर्षित गर्न विद्यालयले प्रविधिमैत्री शिक्षामा जोड दिनुपर्ने बताए ।  

सामुदायिक विद्यालयमा विशेष गरी आर्थिक अवस्था कमजोर भएका परिवारका सन्तान पढ्ने गरेको भन्दै उनले शैक्षिक प्रणालीलाई आवश्यकताका आधारमा परिवर्तन गर्दै उत्पादनमुखी, सर्वसुलभ र प्रविधिमैत्री बनाउनुपर्ने बताए । गरिबका छोराछोरीलाई पनि गुणस्तरीय शिक्षा उपलब्ध गराउनका लागि सङ्घ, प्रदेश र स्थानीय तहका सरकारले काम गर्नुपर्ने बताए । 

विसं २०१४ मा स्थानीयवासीको चन्दा संकलनबाट स्थापना भएको विद्यालयले ६५औँ वर्ष पूरा गरेको छ । हाल विद्यालयमा कक्षा १ देखि कक्षा १२ सम्म गरेर एक हजार तीन सय ३९ विद्यार्थी अध्ययनरत छन् । कार्यक्रम मङ्सिर २४, २५ र २६ गते तीन दिनसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ६ : १२ बजे

स्वास्थ्य संस्थाहरुको गतिविधि आपत्तिजनक : वैदेशिक रोजगार व्यवसायी सङ्घ

काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले सरकारले स्वास्थ्य परीक्षण शुल्कमा

बालेनका सहयोगी भन्छन्- नयाँहरू एक ठाउँमा आउँछौँ, तर अहिल्यै कुरा मिलिसकेको छैन

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका एक जना सहयोगीले राष्ट्रिय

स्वार्थ त्यागेर देश र जनताको काम गर्नुपर्छ : नेमकिपा अध्यक्ष बिजुक्छें

भक्तपुर- नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)

निर्वाचनको विकल्प छैन : संयोजक दाहाल

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान