शिक्षा विकासको पहिलो शर्त : प्रदेश प्रमुख खापुङ « Khabarhub

शिक्षा विकासको पहिलो शर्त : प्रदेश प्रमुख खापुङ


२४ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

उर्लाबारी– प्रदेश नं १ का प्रदेश प्रमुख पर्शुराम खापुङले शिक्षा विकास निर्माणको पहिलो शर्त भएको बताएका छन् ।

आज मोरङको उर्लाबारी नगरपालिकामा सुनपकुवा माध्यमिक विद्यालयको ६५औँ वार्षिकोत्सवमा बोल्दै उनले सामुदायिक विद्यालयको गुणस्तर बढाउन र विद्यार्थी तथा अभिभावकलाई आकर्षित गर्न विद्यालयले प्रविधिमैत्री शिक्षामा जोड दिनुपर्ने बताए ।  

सामुदायिक विद्यालयमा विशेष गरी आर्थिक अवस्था कमजोर भएका परिवारका सन्तान पढ्ने गरेको भन्दै उनले शैक्षिक प्रणालीलाई आवश्यकताका आधारमा परिवर्तन गर्दै उत्पादनमुखी, सर्वसुलभ र प्रविधिमैत्री बनाउनुपर्ने बताए । गरिबका छोराछोरीलाई पनि गुणस्तरीय शिक्षा उपलब्ध गराउनका लागि सङ्घ, प्रदेश र स्थानीय तहका सरकारले काम गर्नुपर्ने बताए । 

विसं २०१४ मा स्थानीयवासीको चन्दा संकलनबाट स्थापना भएको विद्यालयले ६५औँ वर्ष पूरा गरेको छ । हाल विद्यालयमा कक्षा १ देखि कक्षा १२ सम्म गरेर एक हजार तीन सय ३९ विद्यार्थी अध्ययनरत छन् । कार्यक्रम मङ्सिर २४, २५ र २६ गते तीन दिनसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ६ : १२ बजे

राजा चार्ल्सको सम्बोधनमा स्टार्मरको परीक्षा

एजेन्सी– बेलायतका राजा चार्ल्स तृतीयले आगामी वर्षका लागि सरकारको कानूनी

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक दोस्रो पटक स्थगित

काठमाडौं – विपक्षी दलको निरन्तर अवरोधका कारण प्रतिनिधिसभा बैठक दोस्रो

सिंहदरबारभित्रै संसद् लाइभ हेरेर बसेका छन् प्रधानमन्त्री वालेन्द्र

काठमाडौं-प्रधानमन्त्री वालेन्द्र शाहले संसद्लाई बेवास्ता गरेर अस्वभाविक व्यवहार देखाइरहेका छन्

प्रकृति संरक्षण कोषको सदस्यसचिवमा डा. पोखरेल

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्यसचिव पदमा डा. चिरञ्जीवीप्रसाद पोखरेल