ब्याइफ्रेन्डको अचानक मृत्यु भएपछि सञ्जय दत्तकी छोरी त्रिशाला भइन् भावुक « Khabarhub

ब्याइफ्रेन्डको अचानक मृत्यु भएपछि सञ्जय दत्तकी छोरी त्रिशाला भइन् भावुक


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – बलिउड अभिनेता सञ्जय दत्तकी छोरी त्रिशाला दत्तमाथि दुःखको पहाड खसेको छ । त्रिशालाको इटालियन ब्वाइफ्रेन्डको अचानक मृत्यु भएको छ ।

ब्याइफ्रेन्डको मृत्यु भएपछि त्रिशालाको मन टुटेको छ । उनले पीडा सुनाउँदै सामाजिक सञ्जालमा एक नोट लेखेकी छिन् ।

त्रिशालाले सामाजिक सञ्जालमा तस्वीर शेयर गर्दै आफ्नो दिल टुटेको लेखेकी छिन् । ‘मेरो दिल टुट्यो, धन्यवाद मलाई माया गरेकोमा, मेरो सुरक्षा गरेकोमा, ख्याल राखेकोमा,’ उनले लेखेकी छिन् ।

त्रिशालाले आफ्ना ब्याइफ्रेन्डलले संसारको सबैभन्दा खुशी हुने व्यक्ति बनाएको र उनले आफू संसारकै भाग्यमानी युवती हुन पाएको लेखेकी छिन् । उनले भनेकी छिन्, ‘म संसारकी सबैभन्दा भाग्यमानी केटी हुँ, जो तिमीसँग भेट्न पाएँ, तिमी मेरो मनमा सधै रहनेछौँ, म तिमीलाई माया गर्छु र सधै गर्नेछु ।’

त्रिशालाको पोस्टका अनुसार उनले ब्याइफ्रेन्डको मृत्यु २ जुलाइमा भएको थियो । यद्यपि उनका ब्याइफ्रेन्डका बारेमा धेरै जानकारी भने बाहिर आएको छैन । त्रिशालाले सामाजिक सञ्जालमा आफ्ना ब्याइफ्रेन्डसँगका तस्वीरहरु शेयर गर्ने गर्थिन् ।

त्रिशाला सञ्जय दत्तकी पहिलो श्रीमती ऋचा शर्माकी छोरी हुन् ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ५ : ५५ बजे

सरकारसँगको सम्झौतामा राष्ट्रपतिको सही चाहियो भन्दै जेन-जीबीच नै चर्काचर्की

काठमाडौं- सरकार र जेन–जीबीच सम्झौता बैठकमा चर्काचर्की भएको छ। जेनजी,

महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी

काठमाडौं – राष्ट्रिय महिला आयोगले सबैभन्दा बढी घरेलु हिंसाका घटना

सुदन गुरुङलाई प्रधानमन्त्रीले जेठो छोरो भनेपछि…

काठमाडौं- सरकार र जेन-जीबीच विभिन्न सम्झौतामा हस्ताक्षर भएको छ। सहिद

किसानबाट एक करोड ४४ लाखबढीको धान खरिद

दाङ – खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेड तुलसीपुरले यस

कुलमानलाई युवासंघले भन्यो : एमालेको महाधिवेशनभर कुनै सडकमा अवरोध नहोस्

काठमाडौं- नेकपा एमालेनिकट राष्ट्रिय युवासंघ नेपालका नेताहरूले ऊर्जा तथा भौतिक