बाजुरामा वर्षासँगै उच्च हिमाली भेगमा हिमपात « Khabarhub

बाजुरामा वर्षासँगै उच्च हिमाली भेगमा हिमपात


१४ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बाजुरा- शुक्रबारदेखि परेको वर्षासँगै हिमाली भेगमा उच्च भारी हिमपात भएपछि जनजीवन प्रभावित बनेको छ । निरन्तर हावाहुरी, वर्षासँगै हिमपात हुँदा चिसो बढेको छ । बडीमालिका, बूढीनन्दा, गौमुल, खप्तड छेडेदह, हिमालीलगायत स्थानीय तहका उच्च हिमाली भेगमा गएराति नै हिमपात भएको थियो । जिल्लामा लगातार वर्षा भइरहेको छ ।

चिसो बढेसँगै स्थानीय बासिन्दा, पशुचौपाया तथा दैनिक कामकाज प्रभावित भएका छन् । विशेषगरी वृद्धवृद्धा, बालबालिका र बिरामीलाई चिसोले बढी समस्या पारेको छ । वर्षा र हिमपातका कारण ग्रामीण क्षेत्रका सडक तथा पैदलमार्गमा आवतजावत गर्नसमेत कठिनाइ भएको छ । किसानलाई कृषि तथा पशुपालनका काममा असहज भएको छ ।

यस्तै, निरन्तरको वर्षा र हावाहुरीका कारण जिल्लामा गएरातिदेखि केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा अवरुद्ध भएको छ । मौसममा आएको परिवर्तनसँगै चिसो बढेपछि दैनिक जनजीवन बनेको स्थानीय शेरबहादुर बुढाले बताए । जिल्लामा करिब धान बाली भित्र्याउने काम अन्तिम चरणमा पुगेर कोदोबाली काट्ने चटारोमा रहेका किसानलाई वर्षाले समस्या पारेको उनको भनाइ छ ।

मौसममा सुधार नआए खेतमा रहेको पराल सुकाउन र पोकेको बाली सुरक्षित रूपमा भित्र्याउन समस्या हुने उनले बताए । यस्तै, धार्मिक तथा पर्यकटीय क्षेत्र बडीमालिकामा पुगेका दुई जना पर्यटक निरन्तरको वर्षासहित भारी हिमपातपछि सम्पर्कविहीन भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार कञ्चरनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षका मनिष बोहरा र कृष्णपुर नगरपालिका-२ बस्ने २१ वर्षका सागर कार्की सम्पर्कविहीन भएका छन् ।

यही असोज ९ गते सदरमुकाम मार्तडीबाट सम्पर्कविहीन दुईसहित पाँच जनाको टोली बडीमालिका प्रस्थान गरेको थियो । तीमध्ये पूर्वका तीन जना भने बडीमालिका पुगेर सदरमुकाम मार्तडी फर्किसकेका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०८३, शनिबार  ४ : ३३ बजे

विराटनगर र सुदूरपश्चिमको खेल अझै भएन सुरु

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल अझै

मधेसका आठ जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तारमा जोड

जनकपुरधाम– आर्थिक अवस्था कमजोर भएका तथा विपन्न समुदायको सुरक्षित आवासमा

लगातारको वर्षापछि खुल्यो मौसम

काठमाडौँ – लगातारको वर्षापछि शनिबार दिउँसोदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न

हिमपात भएपछि मनाङमै रोकिए पर्यटक

मनाङ– बङ्गालको खाडीमा उत्पन्न अर्नब चक्रवातको प्रभावका कारण हिमाली क्षेत्रमा

व्यक्तिगत घटना दर्ता प्रणालीबाट मतदाता नामावली अद्यावधिक गरिने

काठमाडौँ– निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट विवरण लिएर