सरकारमा आलोपालो हुने भन्ने स्पष्ट नै छ : प्रचण्ड | Khabarhub Khabarhub

सरकारमा आलोपालो हुने भन्ने स्पष्ट नै छ : प्रचण्ड


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आलोपालो सरकार बन्ने दाबी गरेका छन् । प्रेस सेन्टर नेपालद्वारा आज ललितपुरमा आयोजित केन्द्रीय पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सरकारमा आलोपालो हुने भन्ने कुरा स्पष्ट नै भएको उल्लेख गरे ।

माओवादीलाई निमिट्यान्न पार्न धेरै शक्ति लागेको बताउँदै उनले यसको रक्षा गर्ने सबैको साझा दायित्व भएको जनाए । “सरकारमा आलोपालो हुने भन्ने कुरा स्पष्ट नै छ,” उनले भने, “६० सिटको कमान्ड गर्ने स्थिति माओवादीसँग छ । हामी जहाँ उभिएका छौँ सरकार त्यही बन्छ ।” यो निर्वाचन अपेक्षित नभएको बताउँदै उनले खतम भएको देख्न चाहने शक्तिले माओवादीलाई कमजोर बनाउन खोजे पनि स्थिति त्यस्तो नभएको जनाए ।

कार्यक्रममा उनले नेपालको राष्ट्रिय राजनीतिको चाबी माओवादीसँग भएको समेत बताए । उनले मुलुकलाई सही दिशातर्फ लैजाने अभिभारा माओवादीसँग रहेको बताए । उनले भने, “माओवादी त्यस्तो राष्ट्रिय शक्ति हो जसलाई हिसाबकिताब नगरी अन्तर्राष्ट्रिय शक्तिले पनि केही गर्न सक्दैन ।”

अन्तर्राष्ट्रिय गतिविधिको राम्रोसँग विश्लेषण गरी बहुध्रुवमा गएको विश्व परिघटना र अहिलेको जनमतलाई सही ढङ्गले बुझ्न र मुलुकलाई नयाँ शिराबाट लैजान प्रेस सेन्टरले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा उनले जोड दिए ।

अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनका उपलब्धिहरूको रक्षा र संस्थागतका लागि सूचना तथा सञ्चारमाध्यमबाट मिडिया विषयवस्तु बनाएर त्यसको सही बजारीकरण गर्नसमेत आग्रह गरे ।

प्रेस सेन्टर नेपालका संस्थापक अध्यक्ष महेश्वर दाहालले प्रविधिको जति विकास भए पनि सही सामग्री उत्पादन प्रधान कुरा रहेको बताए । “हामीसँग श्रम छ तर पूँजी छैन भने सहकारीमार्फत सञ्चारमाध्यम सञ्चालन गर्न जरुरी छ,” उनले भने, “यो कोणबाट अगाडि बढ्न सकिए सङ्गठनले जीवन्तता र गतिशीलता पाउँछ ।”

सम्पन्न बैठकमा प्रेस सेन्टरका प्रवास अध्यक्ष ओम शर्मा, केन्द्रीय अध्यक्ष विष्णुप्रसाद सापकोटा, सबै प्रदेश तथा प्रतिष्ठानका इञ्चार्ज तथा अध्यक्ष र केन्द्रीय समितिका पदाधिकारीहरूबीच समीक्षात्मक अन्तरक्रिया तथा छलफल भएको थियो ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ६ : ३८ बजे

संसद्को गतिरोध अन्त्यका लागि सहमति जुटाउन सभामुख र रास्वपाबीच छलफल

 काठमाडौं– प्रतिनिधिसभा बैठकमा जारी गतिरोध अन्त्यका लागि सहमति जुटाउन सभामुख

सभामुख घिमिरे र गृहमन्त्रीबीच दुई बुँदे सहमति कार्यान्वयनबारे छलफल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र भिजिट भिसा प्रकरणमा मुछिएका

गाजा क्षेत्रमा खानेकुरा पाउन व्यग्र भएर बसेका ४५ जना भोका प्यालेस्टाइनी इजरायली आक्रमणमा मारिए

काठमाडौं– इजरायली आक्रमणमा परी गाजा क्षेत्रमा खानेकुरा प्राप्त गर्न व्यग्र

सगरमाथा संवादका निष्कर्ष कार्यान्वयनमा अघि बढेका छौँ : मन्त्री शाही

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले गत जेठमा काठमाडौँमा

दुई हजार एक सय किलो गाँजासहित तीन पक्राउ

धरान– यहाँको इटहरी उपमहानगरपालिका–२० तरहरा स्थित धरान–तरहरा सडकबाट प्रहरीले दुई