प्रतिनिधिसभामा कैलाली १ का तीन महिलाको प्रतिनिधित्व हुने निश्चित « Khabarhub

प्रतिनिधिसभामा कैलाली १ का तीन महिलाको प्रतिनिधित्व हुने निश्चित


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभामा कैलाली निर्वाचन क्षेत्र नं १ का तीन जना महिलाको प्रतिनिधित्व हुने निश्चित भएको छ । क्षेत्र नं १ को प्रत्यक्ष निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी विजयी हुँदा सोही क्षेत्रबाट समानुपातिकतर्फ नेकपा माओवादी केन्द्रकी रुपा स्वसी चौधरी र नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेको प्रतिनिधिसभा सदस्यमा सहभागिता हुने भएको हो ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचन आयोगमा पेस गरेको पछिल्लो विवरणमा सो क्षेत्रबाट माओवादी र कांग्रेसले क्रमशः चौधरी र न्यौपानेको नाम सिफारिस गरेसँगै एउटै क्षेत्रबाट प्रतिनिधिसभामा तीनजना महिलाको सहभागिता हुने देखिएको हो ।

प्रत्यक्ष निर्वाचनमा विजयी रञ्जिता श्रेष्ठ चौधरीले पहिलो पटक संसद यात्रा गर्दा न्यौपाने र चौधरी दुवै जनाले यसअघि संविधानसभा सदस्यमा निर्वाचित भएर संसदीय अनुभव लिइसकेका छन् । टीकापुर घटनामा अदालतबाट दोषी ठहर भएका रेशमलाल चौधरीकी पत्नी समेत रहेकी रञ्जिता सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचनमा विजयी हुने एक्लो महिला हुन् ।

समानुपातिकतर्फ सुदूरपश्चिमबाट प्रतिनिधिसभा सदस्यमा प्रमुख दलमध्ये नेपाली कांग्रेसले डा. आरजु राणा देउवा (डडेलधुरा) र ईश्वरी न्यौपाने (कैलाली) र माओवादीले रुपा स्वसी चौधरीलाई (कैलाली) बाट सिफारिस गरेको छ ।

अर्को प्रमुख दल एमालेबाट भने प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ सुदूरपश्चिमबाट महिलाको सिफारिस शून्य रहेको छ । एमालेबाट प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार रहेका गौरी ओली डोटी र निरुदेवी पाल कञ्चनपुरबाट पराजित भएका थिए । यसअघि संविधानसभाको सदस्य रहेकी कांग्रेस नेतृ राणा हाल पार्टीको केन्द्रीय सदस्य हुन् ।

यस्तै संविधानसभा सदस्य रहेकी कांग्रेस नेतृ न्यौपाने भने २०७४ को निर्वाचनमा कैलाली–१ बाट प्रत्यक्ष निर्वाचनमा पराजय भएकी थिइन् । माओवादी केन्द्रकी रुपा स्वसी पहिलो संविधानसभा सदस्यमा सोही क्षेत्रको प्रत्यक्ष निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् । विसं २०७४ को निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा यसै क्षेत्रबाट प्रत्यक्ष चुनावमा निर्वाचित रेशमलाल चौधरीलाई टीकापुर घटनामा दोषी ठहर गरी कारावासको फैसला सुनाएपछि सो क्षेत्रका जनताले सांसदविहीनताको महसुस गरेका थिए ।

हालै सम्पन्न निर्वाचनबाट भने क्षेत्र नं १ बाट प्रतिनिसभामा तीन जना सशक्त महिलाको उपस्थिति देखिएको छ । आ–आफ्नो पार्टीभित्र प्रभावशाली नेताका रुपमा हेरिने तीनै जना महिला एकै पटक, एकसाथ सङ्घीय संसदमा चुनिँदा यस क्षेत्रको विकास, महिला सशक्तीकरण, सामाजिक रुपान्तरणमा टेवा पुग्ने विश्लेषण गरिन थालिएको छ । नेपाल पत्रकार महासङ्घ कैलालीका अध्यक्ष हिमाल जोशीले भने, “पाँच वर्ष जनप्रतिनिधिविहीन जस्तै रहेको क्षेत्र नं १ मा एकै पटक तीनजना सशक्त महिला प्रतिनिधिसभामा पुग्नुलाई उपलब्धि मान्न सकिन्छ ।”

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ७ : ०९ बजे

काठमाडौंको नगरसभामा उपप्रमुख डंगोलले भनिन्- जनमुखी नीति तथा कार्यक्रम ल्याएका छौँ

काठमाडौं- काठमाडौं महानगरपालिकाको १५औँ नगर अधिवेशनमा उपप्रमुख सुनिता डंगोलले महानगरको

ड्रोनबाट खिचिएका तस्बिरको प्रदर्शनी पर्यटन बोर्डमा सुरु (तस्बिरहरू)

काठमाडौं– नेपाल पर्यटन बोर्डमा ड्रोनबाट खिचिएका तस्बिरहरूको ३ दिने विशेष

पत्रकार विक्रम रत्न सिन्धुली २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार सिफारिस 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा

एनएमए निर्वाचन : ‘टिम बद्री’ को घोषणपत्रमा समेटिए चिकित्सक सुरक्षा र रोजगारी विस्तार 

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को ३० औँ केन्द्रीय कार्यकारिणी

गणेश पराजुली भन्छन्- बालेनसँग सहमति हुन्छ, वार्ता सकारात्मक छ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद गणेश पराजुलीले काठमाडौं महानगरपालिकाका मेयर