सेयर बजारमा १६.९७ अंकको वृद्धि  « Khabarhub

सेयर बजारमा १६.९७ अंकको वृद्धि 


२६ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा उकालो लागेको छ। सेयर कारोबार मापक नेप्से परिसूचक १६.९७ अंकले वृद्धि भइ १९०२.२८ विन्दुमा पुगेको हो। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.५७ अंकले घटेर ३७२.९३ मा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा कूल २०५ कम्पनीको कारोबार हुँदा १५८ कम्पनीमा वृद्धि भएको र ४१ कम्पनीमा ओरालो लागेसँगै ७ कम्पनी स्थिर रहेको छ । यस्तै, ४४ लाख ७० हजार ६२५ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३६ करोड ६० लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा नविल बैंक शीर्ष स्थानमा छ। यसको सोमबार २१ करोड ३२ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा कुमारी बैंक र तेस्रोमा सिभम सिमेन्टको कारोबार भएको छ।

बुधबारको कारोबारमा १३ वटा उपसुचकमध्ये एक उपसूचकबाहेक सबै उपसूचकमा उकालो लागेको छ। सबैभन्दा धेरै अन्य इन्डेक्सको ६।१४ प्रतिशतले वृद्धि भएको छ ।

सोमबारको कारोबारमा सुम्मित लघुवित्त र सिवाइसियलको सेयर मूल्य १० प्रतिशतले बढेको छ। यी दुई कम्पनीका लगानीकर्ताले अत्याधिक कमाएका छन्। आइतबार सेयर बजार सेयर बजार ३१।९७ अंकले घटेको थियो ।

 

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ३ : ३९ बजे

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा ‘फाउल

प्राकृतिक विपत्तितर्फको बीमा भुक्तानी ११ करोड १५ लाख

काठमाडौं– अविरल वर्षा तथा बाढीपहिरोका कारण भएको भौतिक तथा अन्य

दोहोरो कर प्रक्रियाले व्यावसायिक किसान मारमा

भोजपुर– फार्म दर्ता गरी व्यावसायिक रूपमा कृषि व्यवसायमा संलग्न भोजपुरका

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक बस्दै

काठमाडौं – नेकपा (एमाले)को नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज

दुई फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र