सेयर बजारमा १६.९७ अंकको वृद्धि  « Khabarhub

सेयर बजारमा १६.९७ अंकको वृद्धि 


२६ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा उकालो लागेको छ। सेयर कारोबार मापक नेप्से परिसूचक १६.९७ अंकले वृद्धि भइ १९०२.२८ विन्दुमा पुगेको हो। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.५७ अंकले घटेर ३७२.९३ मा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा कूल २०५ कम्पनीको कारोबार हुँदा १५८ कम्पनीमा वृद्धि भएको र ४१ कम्पनीमा ओरालो लागेसँगै ७ कम्पनी स्थिर रहेको छ । यस्तै, ४४ लाख ७० हजार ६२५ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३६ करोड ६० लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा नविल बैंक शीर्ष स्थानमा छ। यसको सोमबार २१ करोड ३२ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा कुमारी बैंक र तेस्रोमा सिभम सिमेन्टको कारोबार भएको छ।

बुधबारको कारोबारमा १३ वटा उपसुचकमध्ये एक उपसूचकबाहेक सबै उपसूचकमा उकालो लागेको छ। सबैभन्दा धेरै अन्य इन्डेक्सको ६।१४ प्रतिशतले वृद्धि भएको छ ।

सोमबारको कारोबारमा सुम्मित लघुवित्त र सिवाइसियलको सेयर मूल्य १० प्रतिशतले बढेको छ। यी दुई कम्पनीका लगानीकर्ताले अत्याधिक कमाएका छन्। आइतबार सेयर बजार सेयर बजार ३१।९७ अंकले घटेको थियो ।

 

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ३ : ३९ बजे

नेपाली कांग्रेस वैतेश्वरको ८ वटै वडाको अधिवेशन सम्पन्न सर्वसम्मत नयाँ नेतृत्व चयन 

काठमाडौं– नेपाली कांग्रेस वैतेश्वर गाउँपालिकाले सर्वसम्मत ८ वटै वडाको नयाँ

‘राइट टु रिकल’ कार्यान्वयनका लागि रास्वपा कार्यदलले थाल्यो काम

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयनका लागि

पाकिस्तानमा सुरक्षा कारबाही : पाँच लडाकु मारिए, २३ नागरिकको उद्धार

इस्लामावाद- पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेको कारबाहीमा

एमाले बैठकमा नेतृत्व परिवर्तनसम्बन्धी कुनै प्रतिवेदन पेश हुँदैन : पद्मा अर्याल

काठमाडौं- नेकपा एमालेकी सचिव पद्‍मा अर्यालले आइतबार बस्ने पार्टी सचिवालय

प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान

काठमाडौं– प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा ‘चाइना फोरम अन इन्टरनेशनल लिगल