इन्जिनियर सत्याल र प्लम्बर थापाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता « Khabarhub

इन्जिनियर सत्याल र प्लम्बर थापाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता


२६ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, रामेछापका इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । सेवाग्राहीसँग घुस रकम मागिरहेको अवस्थामा पक्राउ परेका दुवैविरुद्ध अख्तियारले सोमबार विशेषमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

खानेपानीसम्बन्धी कामको भुक्तानीबापत सेवाग्राहीसँग घुस रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनको आधारमा अख्तियार टोलीले इन्जिनियर सत्याल र प्लम्बर थापालाई सेवाग्राहीबाट १६ लाख रुपैयाँ र १२ लाख रुपैयाँको चेक लिइसकेको अवस्थामा गत ७ कात्तिकमा रंगेशात पक्राउ गरेको थियो । दुवैविरुद्ध जनही २८ लाख रुपैयाँ बिगोदाबी गरिएको छ । 

अनुसन्धानको सिलसिलामा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, रामेछापका इन्जिनियर सत्याल र प्लम्बर थापाले विभिन्न आर्थिक वर्षहरूको भुक्तानी भएको रकमको धरौटी फिर्ता गर्ने क्रममा २८ लाख रुपैयाँ घुस रिसवत माग गरी लिएको पुष्टि हुन आएकाले सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को कसुर भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ५ : ११ बजे

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद

बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह

काठमाडौं – काठमाडौं उपत्यकासहित देशभर एक सय स्थानमा बर्डफ्लुको सङ्क्रमण

गोली हानेर लागुऔषध कारोबारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले लागुऔषध कारोबारी भारतीय नागरिकलाई गोली हानेर

बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो

बैतडी – बैतडीको गैराखानमा भएको बस दुर्घटनामा परी घाइते हुनेको

सरकार मुलुकको आर्थिक सङ्कट समाधान गर्न अग्रसर हुनुपर्ने : एमाले

काठमाडौं – नेकपा (एमाले)ले वर्तमान सरकार मुलुकको आर्थिक सङ्कट समाधान