जुम्लामा बालविवाहविरुद्ध सचेतना कार्यक्रम « Khabarhub

जुम्लामा बालविवाहविरुद्ध सचेतना कार्यक्रम


२७ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सामाजिक विकृतिका रुपमा रहेको बालविवाह र छाउपडी प्रथाविरुद्ध ‘आत्मसम्मानका लागि सहकार्य क्याड नेपाल जुम्ला’ ले सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा संस्थाले बालविवाह, अपाङ्गहरुको हकअधिकार र छाउपडी प्रथाविरुद्धका क्षेत्रमा काम गरिरहेको छ ।

बालविवाह न्यूनीकरणका लागि पालिकास्तरमा रणनीतिक योजना निमार्णमा संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गरेको संयोजक गिरीराज अधिकारीको दाबी छ ।

“हिमा गाउँपालिकामा महिला सञ्जाल, सिञ्जामा अपाङ्गता सञ्जाल र कनकासुन्दरी गाउँपालिकामा दलित समूहसँगको समन्वयमा घरेलु हिंसा, बालविवाह, छाउपडीविरुद्ध सचेतनाका कार्यक्रम सञ्चालन भइरहेको छ”, उनले भने ।

सुरक्षित विद्यालय, यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी चेतना, युवा, महिला, बालबालिकालाई स्थानीयस्तरमा रोजगारका अवसर एवं परिवर्तनका संवाहकमार्फत् सामाजिक विकृति हटाउने प्रयास भइरहेको उनले बताए ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  १ : ५१ बजे

बूढीगण्डकी आयोजनामा निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बूढीगण्डकी जलाशययुक्त

१० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन आयोगले

निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ

काठमाडौं– गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने

भाम बर्लिन फिल्म फेस्टिभलको जुरी सदस्य बनेपछि बोर्डको बधाई

काठमाडौं – बर्लिन फिल्म फेस्टिभल २०२६ को अन्तर्राष्ट्रिय जुरी प्यालनको