काभ्रे बस दुर्घटनामा घाइतेको उपचार गर्न प्रधानमन्त्रीको निर्देशन « Khabarhub

काभ्रे बस दुर्घटनामा घाइतेको उपचार गर्न प्रधानमन्त्रीको निर्देशन


२८ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले काभ्रे बस दुर्घटनाप्रति दुख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले बस दुर्घटनामा परी मृत्यु हुनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले घाइतेको तत्काल सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न निर्देशन दिएका छन्।

बुधबार बिहान ट्विट गर्दै प्रधानमन्त्री देउवाले दुर्घटनामा परी घाइते भएकाहरूको तत्काल सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न निर्देशन दिका हुन्।

‘काभ्रेको बेथानचोकमा बस दुर्घटना भएको खबरले निकै दुःखी भएको छु। दुर्घटनामा परी मृत्यु भएकाहरूको आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’, प्रधानमन्त्री देउवाले लेखेका छन्, ‘साथै घाइतेहरूको तत्काल सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिएको छु।’

काभ्रेको बेथानचोक गाउँपालिका–४ मा मंगलबार साँझ बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । तीमध्ये १३ जनाको सनाखत भइसकेको छ। २२ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  १२ : ५२ बजे

भीर मौरीको मह काढ्ने सिजन : परम्परालाई जीवन्त राख्न पुस्ता हस्तान्तरणको चर्चा

मनाङ– विश्वको साहसिक एवं जोखिमयुक्तमध्ये भिर मौरीको मह सिकार गर्ने

एक हजार रुख कटान गरिँदै

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत निर्माणाधीन दमौली–भरतपुर २२० केभी प्रसारण लाइन

केही भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज

आईपीएल क्रिकेट : राजस्थानमाथि गुजरातको सानदार जित

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले सानदार जित

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

आज २०८३ साल वैशाख २७ गते आइतबार। जेठ कृष्ण पक्षको