सुदूरपश्चिममा एमाले : प्रदेशसभातर्फ ६ र प्रतिनिधि तर्फ ७ जिल्लामा नील  | Khabarhub Khabarhub

सुदूरपश्चिममा एमाले : प्रदेशसभातर्फ ६ र प्रतिनिधि तर्फ ७ जिल्लामा नील 


२८ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिममा नेकपा एमाले प्रतिनिधिसभातर्फ ७ जिल्ला र प्रदेशसभातर्फ ६ जिल्लामा निल भएको छ । मंसिर–४ गते भएको प्रतिनिधि तथा प्रदेश सभाको प्रत्यक्ष निर्वाचन प्रणालीमा एमालेले प्रदेशतर्फ तीन र प्रतिनिधिसभातर्फ दुई जिल्लामा मात्रै जित हाँशील गर्न सकेको हो ।

प्रदेशका ९ जिल्ला मध्य नेकपा एमालेले प्रतिनिधिसभातर्फ कञ्चनपुर क्षेत्र नम्बर–१ र बैतडीमा मात्रै सफलता पाएको हो । कञ्चनपुर क्षेत्र नम्बर–१ बाट नेकपा एमालेका तारालामा तामाङ र बैतडीबाट दामोदर भण्डारी विजयी भएका हुन् । 

प्रत्यक्षतर्फका १६ मध्य १५ स्थानमा उम्मेदवारी दिएको एमालेले १३ स्थानमा पराजय व्यहोरेको हो, भने ७ जिल्लाबाट नै निल भएको हो । नेकपा एमाले प्रतिनिधिसभातर्फ कैलाली, डडेल्धुरा, डाटी, अछाम, बाजुरा, बझाङ र दार्चुलामा नील भएको हो ।

प्रदेशसभातर्फ नेकपा एमालेले कञ्चनपुर क्षेत्र नम्बर–१ को प्रदेश क्षेत्र (क), बैतडीको प्रदेश सभा क्षेत्र (क) डाटीको प्रदेश सभा क्षेत्र क मा मात्रै जित हाँशील गरेको हो । प्रदेश सभामा एमालेबाट कञ्चनपुर क्षेत्र नम्बर–३ को प्रदेश सभा क्षेत्र (क) मा बिरबहादुर थापा, डोटी प्रदेश सभा क मा चक्र मल्ल र बैतडी प्रदेश सभा क्षेत्र (क) मा सुरेन्द्र पाल निर्वाचित भएका हुन् ।

प्रत्यक्षतर्फ प्रदेश सभाका ३२ निर्वाचन क्षेत्र मध्य ३१ ठाउँमा उम्मेदवारी दिएको एमालेले २८ प्रदेश सभा क्षेत्रमा पराजय व्यहोरेको हो, भने ६ जिल्लामा निल भएको हो । नेकपा एमाले प्रदेशसभातर्फ कैलाली, डडेल्धुरा, अछाम, बाजुरा, बझाङ र दार्चुलामा निल भएको हो ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ६ : ३४ बजे

चार दिनदेखि विद्युत आपूर्ति बन्द

हुम्ला– हुम्लाको सदरमुकाम सिमकोट चार दिनदेखि अन्धाकार भएको छ ।

एआईमा चीन भन्दा अमेरिका अगाडि, आविष्कारसँगै व्यावहारिक प्रयोगको अभ्यास

जेनेभा – संयुक्त राज्य अमेरिका र चीन कृत्रिम बुद्धिमत्ता (एआई)

कालीगण्डकी कोरिडोर : लस्ती–बेनी खण्ड कालोपत्र गरिँदै

म्याग्दी– कालीगण्डकी कोरिडोरअन्तर्गत लस्ती–बेनी खण्डमा कालोपत्र गर्न थालिएको छ ।

मतदाता नामावलीमा नाम दर्ता गर्नेको उत्साहजनक सहभागिता 

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

देशभरको मौसम सफा रहने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल