समाजका सबैखाले बिभेदविरुद्ध एकजुट हुनुपर्छ : मन्त्री रेग्मी « Khabarhub

समाजका सबैखाले बिभेदविरुद्ध एकजुट हुनुपर्छ : मन्त्री रेग्मी


२८ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले समाजका सबैखाले बिभेदविरुद्ध एकजुट हुनुपर्ने बताएकी छिन् ।

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको ८ औं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै मन्त्री रेग्मीले नश्लीय विभेद, लैङ्गिक बिभेदलगायत सबैखाले बिभेदविरुद्ध एकजुट हुनुपर्ने बताएका हुन् ।

उनले पितृसत्तावाद, अन्धविश्वास, रुढीवादी सामन्तवाद अझै हावी रहेकाले सबै महिलाहरू पनि एकजुट भएर अधिकारका लागि लड्नुपर्ने भन्दै जातिवादमा गए आन्दोलन कमजोर हुने धारणा राखिन् । अहिले पनि अधिकारको कुरा गर्दा सबै भन्दा बढि आदिवासी महिलाहरूले अधिकार पाएकाले प्राप्त अधिकारलाई रक्षा गर्नुपर्ने उनले बताइन् ।

मन्त्री रेग्मीले मुलुकमा धार्मिक स्वतन्त्रता रहेकाले कुनै धर्मको विरुद्धमा लाग्न नहुनेमा जोड दिइन् ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ७ : २७ बजे

टप एण्ड टी–२० : आज नेपाल ‘ए’ले भिक्टोरिया सिए–११ विरुद्ध खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एण्ड टी–२० सिरिजमा आज

रसुवा बाढीपछि कहाँबाट कति सहयोग प्राप्त भयो ?

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको बाढीका कारण रसुवा,

मिथिलाको सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न

महोत्तरी– मधेसको मिथिला क्षेत्रमा मनाइने सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न भएको

बाढीपीडितका लागि चौधरी फाउन्डेसन र नबिल बैंकबाट १५ करोडको राहत, पुनर्स्थापना कार्यक्रम ल्याउने

काठमाडौँ– रसुवामा यही भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित

विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा गत बुधबार बिहान आएको बाढीका कारण