विश्व इतिहासमा आज भएका घटनाक्रम « Khabarhub

विश्व इतिहासमा आज भएका घटनाक्रम


२९ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

आज सन् २०२२ को १५ डिसेम्बर। विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

चीनलाई अमेरिकी मान्यता
सन् १९७८ मा अमेरिकाले चीनलाई मान्यता दिएको थियो। जनगणतन्त्र चीन स्थापना भएको ३० वर्षपछि राष्ट्रपति जिम्मी कार्टरले राष्ट्रसंघले सन् १९७९ को १ जनवरीदेखि औपचारिक रुपमा कम्युनिस्ट देश चीनलाई मान्यता दिने घोषणा गरेका थिए। कार्टरले चीनलाई मान्यता दिने घोषणा गरिरहँदा अमेरिकाले चीन–ताइवान सम्बन्धबारे पनि चासो दिएको थियो।

अमेरिकी संविधानमा २१औं संशोधन
सन् १९३३ मा अमेरिकी संविधानमा २१औं संशोधन भएको थियो। संशोधनले अमेरिकामा मदिरामाथिको प्रतिबन्धलाई रद्द गरेको थियो। सन् १९२० को १७ जनवरीमा १८ औं संशोधन गरेर अमेरिकामा मदिरामाथि प्रतिबन्ध लगाइएको थियो।

अमेरिकामा बिल अफ राइट्स
अमेरिकी संविधानमा भएका पहिलो दश वटा संशोधनलाई बिल अफ राइट्स भनिन्छ। संशोधनलाई भर्जिनियाले अनुमोदन गरेपछि ती कानुन बनेका थिए।

इराक युद्ध समाप्त
सन् २०११ को १५ डिसेम्बरमा इराक युद्ध औपचारिक रुपमा समाप्त भएको थियो। इराकमाथिको ८ बर्ष लामो युद्ध आजकै दिनबाट समाप्त भएको अमेरिकाले औपचारिक रुपमा घोषणा गरेको थियो। सन् २००३ को २० मार्चमा अमेरिकाले इराकविरुद्ध युद्ध सुरु गरेको थियो।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार  ६ : ४३ बजे

नेपाली चेपाङ विद्यार्थीहरूले बनाएको उपग्रह चीनबाट सफल प्रक्षेपण

बेइजिङ– नेपालका चेपाङ विद्यार्थीहरूले बनाएको स्लिपर्स टु स्याट स्याटेलाइट बुधबार

जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी

लालबहादुर थापा एमाले सचिवमा उठ्ने, भन्छन्: ओलीको नेतृत्वमा देशलाई अघि बढाउँछौँ

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाले ११ औँ

एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको उद्घाटनस्थल

आईजीपी कार्कीलाई पनि बयानका लागि जाँचबुझ आयोगले बोलायो

काठमाडौँ– भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ गर्न बनेको