नेपाल सिंगापुरसँग भिड्दै, समूह बिजेता हुने लक्ष्य « Khabarhub

नेपाल सिंगापुरसँग भिड्दै, समूह बिजेता हुने लक्ष्य


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मलेसियामा जारी एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ ।

क्वालालम्पुरस्थित किनरारा ओभलमा नेपालले टस जितेको छ र पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । आज सिंगापुरविरुद्ध मैदान उत्रदै गर्दा नेपालको लक्ष्य समूह विजेता बन्नु हुनेछ ।

पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गर्दै नेपालले सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ । सिंगापुरविरुद्ध नेपाल समूह विजेता बन्ने प्रयासमा हुनेछ । जसका लागि साविकको विजेता समेत रहेको नेपालले सिंगापुरलाई पराजित गर्नु पर्ने हुन्छ ।

अघिल्लो खेलमा ६ विकेट लिएका सागर ढकालको प्रर्दशन सिंगापुरविरुद्व हेर्न लायक हुनेछ । चीनले दिएको ५४ रनको सामान्य लक्ष्य पछ्याउँदा विस्फोटक ब्याटिङ गरेका पवन सरार्फ र रित गौतमको ओपनिङ जोडीको समेत बास्तविक परिक्षण हुनेछ ।

सिंगापुर पनि नेपाललाई पराजित गर्दै समूह विजेता बन्ने लक्ष्यमा हुनेछ । समूह ‘ए’ मा रहेको नेपाल शीर्ष र सिंगापुर दोस्रो स्थानमा छ । चीन अंकविहीन छ ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ७ : ५७ बजे

बूढीगण्डकी बाढीले ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

गोरखा– बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको उद्धार : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री बालेन शाहले बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको

नेपाली सनाको उद्धार टोली बूढीगण्डकी बाढी प्रभावितस्थलमा

काठमाडौँ– बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली

बूढीगण्डकी बाढी : सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा

बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिरहरु)

गोरखा– बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै